शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • देशको अस्मिता जोडिएको नागरिकता कुर्सीसँग साट्न मिल्दैन: भिम रावल
समाचार

देशको अस्मिता जोडिएको नागरिकता कुर्सीसँग साट्न मिल्दैन: भिम रावल

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति एमालेका नेता भिम रावलले गम्भीर टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेपछि रावलले कडा प्रतिक्रिया दिएका हुन् ।

विज्ञापन

उनले नेपालको संविधानको धारा ७६ (४) ऐच्छिक नभइ बाध्यकारी भएको भन्दै यसलाई छल्न नमिल्ने बताएका छन् । साथै उनले नागरिकता देशको अस्मिता र अस्तित्वसंग गाँसिएको विषय भएकाले यसलाई कुर्सीको खेलसंग कदापि जोड्नु नहुने बताएका छन् ।

विज्ञापन

रावलले भनेका छन् ‘नेपालको संविधानको धारा ७६(४)ऐच्छिक होइन बाध्यकारी हो।यसलाई छल्न मिल्दैन। नागरिकता देशको अस्मिता र अस्तित्वसंग गाँसिएको विषय हो। यसलाई कुर्सीको खेलसंग कदापि जोड्नु हुन्न।नगरिकताबारे संविधान सभामा धेरै बहस भई संविधानमा लेखिएको भन्दा फरक किसमले जानु नेपाल र नेपालीको हित विरूद्ध हुन्छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस