On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • जसपाको ठाकुर-महतो पक्ष सरकारमा सहभागी हुने, दश वटा मन्त्रालय दिने तयारी
समाचार

जसपाको ठाकुर-महतो पक्ष सरकारमा सहभागी हुने, दश वटा मन्त्रालय दिने तयारी

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतो पक्ष सरकारमा जाने भएको छ । राष्टपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि आज बेलुका ५ बजेसम्मको समयसिमा दिएकी छिन् । तर, हिजो राति अबेर प्रधानमन्त्री केपी शर्मा ओली, जसपाका अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो शितलनिवास पुगेर राष्टपतिलाई साक्षी राखेर सत्ता सहकार्यको लागि सहमति गरेको स्रोतको दाबी छ । ठाकुरु र महतो राति अबेरसम्म बालुवाटारमा बसेर सहमति गरेर प्रधानमन्त्री ओलीसँग शितलनिवास पुगेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नै नलिईकन सिधै धारा ७६ को ५ बमोजिम सरकार गठनको लागि राष्टपतिसक्षम सिफारिश गरेका छन् । तर, उनले पदबाट राजीनामा दिएका छैनन् । उनको असंवैधानिक कदमलाई साथ दिएको भन्दै अहिले चौतर्फी आलोचना भैरहेको छ । प्रधानमन्त्री र राष्टपतिले जालसाजी गरेको र संसद् विघटन गरेर संविधान नै मास्न खोजेको पनि नेता, बुद्धिजिवी र संविधानहरुले आरोप लगाएका छन् ।

विज्ञापन

बालुवाटारमा ठाकुर र महतोसँग सत्ता सहकार्यबारे उनीहरुको माग सम्बोधन गर्नेबारे प्रधानमन्त्री ओलीले लामो छलफल गरेका थिए । उनीहरुकै सहमतिमा प्रधानमन्त्री ओलीले आफू नै प्रधानमन्त्री बन्नेगरि बहुमत सांसदहरुको हस्ताक्षर संकलन गरिसकेका छन् । एमालेको १२१ र जसपाको १९ सांसदको हस्ताक्षर प्रधानमन्त्रीको गोजीमा रहेको स्रोतको दाबी छ ।

विज्ञापन

सरकारमा भने जसपाबाट राजेन्द्र महतो वा शरदसिंह भण्डारीमध्ये एकले नेतृत्व गर्ने तयारी भएको छ । प्रधानमन्त्री ओली जसपालाई १० वटा मन्त्रालय दिन राजी भएका छन् । हुन त हिजोमात्रै माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई गैरसांसदहरुलाई मन्त्रीमा पूनः नियुक्ती गैरसंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले पदमुक्त गरिदिएको छ । ओलीलाई जसपालाई तत्काल ७ वटा मन्त्रालय दिन कुनै बाधा छैन् । पछि अरु तीन मन्त्रालय पनि दिने उनको तयारी छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस