शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • धुर्मुस-सुन्तली फाउण्डेशनले दियो चितवनको क्यान्सर अस्पताललाई ५० वटा अक्सिजन सिलिण्डर
समाचार

धुर्मुस-सुन्तली फाउण्डेशनले दियो चितवनको क्यान्सर अस्पताललाई ५० वटा अक्सिजन सिलिण्डर

चितवन।धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० वटा अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण फैलिएसँगै अस्पतालहरुमा हुने अक्सिजन अभाव कम गर्न फाउण्डेशनले सिलिण्डर सहयोग गरेको हो । आज (सोमबार) फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले अस्पतालका कार्यकारी निर्देशक देजकुमार गौतमलाई सिलिण्डर हस्तान्तरण गर्नुभयो ।

अहिलेको महामारीमा मात्र नभई दिर्घकालिन रुपमा अस्पताललाई सहयोग पुगोस् भन्ने हेतुले अक्सिजनसहितको सिलिण्डर खरिद गरि सहयोग गरिएको धुर्मुसले बताउनुभयो । ‘कोभिडको यो कहरमा हामीले पनि केही गरौं भन्ने लाग्यो,उहाँले भन्नुभयो’, अकालमा कोही नमरोस भनेर सिलिण्डर सहयोग गरेका हौं ।’ उहाँले क्यान्सर अस्पतालमा तत्कालको आवश्यकता देखेरनै सिलिण्डर सहयोग गरिएको जानकारी दिनुभयो । चितवनमा सक्रिय युवाहरुको साथ र सहयोगमा कोभिडको कहरले भएका समस्या समाधानका काम गरिरहेको उहाँको भनाई छ ।

विज्ञापन

अध्यक्ष धुर्मुसले कोभिडको समस्या समाधान नहुने वेलासम्म फाउण्डेशनले संस्थागत रुपमा सहयोगका अभियानहरु संचालन गरिरहने बताउनुभयो । अस्पतालमा अक्सिजन नपाएर छटपटाउने अवस्था कसैलाइ पनि आउन नदिन सबैको साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

विज्ञापन

सो अवसरमा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले क्यान्सरका विरामीको वेड कटौती गरेर अस्पतालले कोभिडको उपचार सुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘कोभिडको उपचारमा अस्पतालको प्लान्टले धान्ने अबस्था छैन,यो अवस्थामा सहयोग गरेकोमा धुर्मुस सुन्तली फाउण्डेशन प्रति आभार ।’ कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर सङ्क्रमित बिरामीको उपचारमा सहयोग गर्न उहाँले आग्रह समेत गर्नुभयो ।

अस्पतालले सघन उपचार कक्षसहित १४० बेडको कोभिड वार्ड संचालनमा ल्याएको छ । ४५० बेडको क्यान्सर अस्पतालमा हाल १७० जना क्यान्सरका बिरामी उपचाररत छन् । कोभिड वार्ड सञ्चालनमा आएपनि क्यान्सरका बिरामीको उपचार भने नरोकिने उनको भनाइ छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस