शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • प्रचण्डको निर्वाचन क्षेत्रमा देशकै ठूलो २ वटा कवर्डहल बन्दै
समाचार

प्रचण्डको निर्वाचन क्षेत्रमा देशकै ठूलो २ वटा कवर्डहल बन्दै

चितवन ।  पुर्व प्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रमा देशकै ठूलो कवर्डहल निर्माण भईरहेको छ । कोरोना कहरका बिच प्रचण्डको निर्वाचन क्षेत्र भरतपुर महानगरपालिकाको वडा नम्बर भरतपुर–२२, पटिहानीस्थित धनौजी र माडी नगरपालिका वडा नम्बर ३ स्थित बघौडामा बहुउद्देश्यीय कवर्डहल निर्माणकाको कामले तीब्रता पाएको हो ।

अघिल्लो आर्थिक बर्षदेखि निर्माण सुरुवात गरिएको उक्त योजनाहरुको १ करोड बराबरको फाउन्डेसनको काम यस अघि नै सम्पन्न भईसकेको छ भने बागमती प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालयबाट चालू आर्थिक बर्षमा बहुबर्षीय योजना अन्तर्गत आगामी २०७८ पौष मसान्तसम्म काम सम्पन्न गर्ने गरि ७/ ७ करोड बराबरको काम भईरहेको छ । भरतपुर-२२ का वडा अध्यक्ष बिष्णुराज महतोले जानकारी दिए । करिब ११ करोडको लागत अनुमान गरिएको यी कवर्ड हलले सिङ्गो चितवनको खेलकुद लगाएत अन्य गतिविधिमा समेत महत्वपूर्ण टेवा दिने प्रदेश सांसद रामलाल महतोले बताए । यो बहुउद्देश्यीय कवर्डहल निर्माणले खेलकुदकै माध्यमबाट सिङ्गो महानगरको पर्यटन प्रबर्द्धन लगाएत अन्य गतिविधिमा टेवा पुग्ने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताईन । त्यसै गरि यसको निर्माणले सिङ्गो माडी नगरपालिकाको खेलकुद, पर्यटनमा थप टेवा पुग्ने मेयर ठाकुरप्रसाद ढकालले बताए ।

विज्ञापन

पुर्व प्रधानमन्त्री, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन क्षेत्र समेत रहेको पटिहानी र माडीमा निर्माणाधीन महत्वाकांक्षी योजना सफल हुन लागेकोमा जिल्ला खेलकुद बिकास समितिका पुर्व प्रवक्ता एवम् पटिहानी युवा तथा खेलकुद बिकास परिषदका सल्लाहकार संयोजक रामहरि सेढाईले खुसी व्यक्त गरे । करिब २५०० जना दर्शक क्षमता रहने उक्त कवर्डहलमा बिभिन्न ईन्डोर खेलहरु सन्चालन हुनेछन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस