On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख ११, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गर्दनको दुखाइ निको पार्न के गर्ने ?
समाचार

गर्दनको दुखाइ निको पार्न के गर्ने ?

काठमाडौं । लगातार कम्प्युटरमा काम गर्ने वा एउटै पोजिसनमा बसेर काम गर्ने हाम्रो बानीले शरीरलाई नोक्सानी पु–याउँछ । यसको सबभन्दा धेरै असर गर्दनमा पर्छ । हामीले दिनमा जम्मा एकदुईचोटि गर्दन घुमाउँछौं होला ।

अनि त गर्दन दुख्ने र अनेकथरी रोग लाग्ने त भइहाल्छ नि । हामी गर्दनको पीडा निको गर्ने केही योगासनहरूको चर्चा गर्दैछौं ।

विज्ञापन

बालासन
यो आसनले गर्दनको पीडामा राहत दिन्छ र ढाडको पीडाबाट पनि मुक्त गर्छ ।

विज्ञापन

यो आसन गर्नका लागि योगा म्याटमा घुँडा टेकेर बस्नुस् । अब शिरलाई जमीनमा पु–याउने प्रयत्न गर्नुस् । आफ्ना हातहरूलाई शिर नजिक राख्दै अगाडितर्फ सीधा राख्नुस् । त्यतिखेर तपाईंका हत्केलाले भुइँ छोएको हुनुपर्छ । नितम्बलाई घुँडातर्फ लगेर सास छोड्नुस् ।

यस स्थितिमा १५–२० सेकेन्डसम्म बस्नुस् र सामान्य स्थितिमा आउनुस् ।

यो आसन गर्दा गर्दनको पीडा हराउँछ र मन पनि शान्त हुन थाल्छ अनि कम्मर, तिघ्रा र पिडुँलाहरू लच्किलो हुन थाल्छन् ।

मत्स्यासन
यो आसनले गर्दन र काँधका मांसपेशीलाई तनावमुक्त गराउँछ ।

यसका लागि म्याटमा ढाड अड्याएर पल्टिनुस् ।

अब आफ्ना कुहिनाको सहारामा शिर र शरीरलाई भुइँमा राख्नुस् अनि ढाडको माथिल्लो भाग र गर्दन चाहिँ भुइँबाट माथि उठाउनुस् ।

आफ्ना हातहरूलाई सीधा गरेर पेटमा राख्नुस् ।

जतिबेर यस अवस्थामा रहन सक्नुहुन्छ रहनुस् अनि सामान्य स्थितिमा फर्किनुस् ।

विपरीतकर्णी आसन
यो आसन गर्दा गर्दनको पछिल्लो भागलाई मालिश गरेको जस्तो फाइदा हुन्छ र थकान हट्छ अनि गोडा बाउँडिएको पनि ठीक हुन्छ ।

यो आसन गर्नका लागि ढाड पल्टाउनुस् ।

आफ्ना गोडाहरूलाई भित्ताको सहारामा माथि उचाल्नुस् ।

आफ्ना हातहरू फैलाएर शरीरको दुवैतर्फ भुइँमा राख्नुस् अनि हत्केलालाई आकाशतर्फ खुला राख्नुस् ।

केही सेकेन्ड यस मुद्रामा रहँदै गहिरो सास फेर्नुस् र बिस्तारै सामान्य अवस्थामा आउनुस् ।

यसबाहेक मार्जरी आसन, भुजंगासन र शवासनले पनि पीडा हटाउन मद्दत गर्छन् ।

एजेन्सी

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस