On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • चितवनमा आज रातीदेखि निषेधाज्ञाः के खुल्ने के नखुल्ने ?
Breaking News

चितवनमा आज रातीदेखि निषेधाज्ञाः के खुल्ने के नखुल्ने ?

चितवन।कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि चितवनमा निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । बुधबार बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले आज बिहीबार राति १२ देखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

आज राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि यो निर्णय लागू हुनेछ । डिसीएमसीको निर्णयलाई प्रमुख जिल्ला अधिकारीले जारी गर्नेछन् । चितवनमा कोरोना (कोभिड १९) सङ्क्रमितको सङ्ख्या ५०० नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । उहाँले जिल्लामा कोरोना सङ्क्रमणको अवस्था हेरेर थप निर्णयहरु गरिने बताउनुभयो ।

विज्ञापन

चितवनमा बुधबारसम्म कोरोना भाइरस (कोभिड–१९) का सक्रिय सङ्क्रमितको सङ्ख्या ५८५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना सङ्क्रमित थपिएसँगै कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ५८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाका मात्रै १०३ जना रहेका छन् ।

विज्ञापन

यस्तै रत्ननगर नगरपालिकाका २० जना, खैरहनी नगरपालिकाका ६ जना, माडी नगरपालिका २ जना, राप्ती, कालिका र इच्छाकामनाका एक/एक जना सङ्क्रमित थपिएका छन् । काठमाडौँमा भोलिदेखि निषेधाज्ञा हुँदैछ भने नेपालगन्ज पोखरामा निषेधाज्ञा लागू भइसकेको छ ।
निषेधाज्ञाको क्रममा अत्यावश्यक काम बाहेक कोही घर बाहिर ननिस्कने तथा जथाभावी हिँडडुल नगर्ने, सबै प्रकारका सभा सम्मेलन गोष्ठी, सेमिनार, तालिम, जात्रा, महोत्सव सचालन गर्न नपाउने डिसीएमसीले निर्णय गरेको छ । त्यस्तै, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी रेष्टुरेष्ट, फनपार्क, फुटसल, पुस्तकालय, सङ्ग्रहालय, फिटनेश सेन्टर, जिमखाना, हेल्थ क्लब, स्पा, व्युटी पार्लर, शैलुन, टेलरिङ, स्वीमिङ पुल, फुटपाथ पसल तथा सेवा तथा कार्य संचालन गर्न नपाउने, अनलाईन बाहेकका शैक्षिक गतिविधिहरु सञ्चालन गर्न नपाइने, विवाह व्रतबन्ध लगायत अन्य संस्कारजन्य कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा सञ्चालन गर्न नपाइने निर्णयमा जनाइएको छ । घरमा सञ्चालन गर्ने यस प्रकारका कार्यक्रममा १५ जना नबढ्ने गरी तोकिएका जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नेगरी मात्र गर्न पाइने भएको छ ।

मृत्यु संस्कारमा अनिवार्य सहभागी हुनुपर्ने अवस्थामा सवारीसाधन प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति लिनुपर्ने जनाइएको छ । लामो तथा छोटो दूरीका सार्वजनिक एवं निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने, धार्मिक स्थलमा दैनिक नित्य पूजा बाहेक अन्य जमघट गर्न नपाइने, चितवन राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वनहरुमा हुने सबै प्रकारका जङ्लग सफारी तथा नारायणी र राप्ती नदीमा हुने जलयात्रा सञ्चालन गर्न नपाइने डिसीएमसीको निर्णय छ ।

अत्यावश्यक सेवा सञ्चालन गर्ने कार्यालय बाहेक अन्य कार्यालयबाट सेवा प्रवाह बन्द गर्ने, खाद्य सामग्री, तरकारी फलफूल दूध डेरी, ग्याँस पसल, पेट्रोलपम्प लगायतका अत्यावश्यक वस्तु वा सेवा आपूर्ती गर्ने बाहेक अन्य पसल व्यवसाय सञ्चालन गर्न नपाइने जनाइएको छ ।

त्यसैगरी, स्वास्थ्य, शान्ती सुरक्षा, विद्युतु, दूरसञ्चार इन्टरनेट सेवा समेत, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस तथा पेट्रोलियम पदार्थ, तरकारी फलफूल, खाद्यान्न, दुग्ध पदार्थ, औषधि, पशुपंक्षीको दाना, माछा, मासु, अण्डा, पानी सम्बन्धि सेवा तथा कार्यहरु सञ्चालन गर्न पाइने भएको छ । उद्योग तथा कलकारखानाहरुको हकमा कामदार लगायत सबैले जनस्वास्थ्यका निर्धारित सबै मापदण्ड अनिवार्य पालना गर्नुपर्ने । कर्मचारी तथा कामदारका लागि उद्योग परिसर भित्रै आवासको व्यवस्था गर्ने । त्यो सम्भव नभएमा उद्योगले नै लाने ल्याउने व्यवस्था गरेर उद्योग सञ्चालन गर्न सकिने जनाइएको छ ।

एम्बुलेन्समा बिरामी बाहेक दुई जना कुरुवासमेत, शवबहान, दमकल, स्वास्थ्य सामग्री ढुवानी गर्ने सवारीसाधन, कुटनीतिक नियोगका सवारीसाधन, मालबहाक सवारीसाधन, निर्माण सामाग्रीका ढुवानी गर्ने साधनहरु तथा अत्यावश्यक सेवा तथा सरकारी कामका लागि प्रयोग हुने सवारीसाधनहरु सञ्चालन गर्न पाइनेछ । बैंकको एटिएम सञ्चालनमा प्रयोग हुने सवारी साधनहरु, समाचार सञ्कलनका लागि सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनहरु, कृषि उपज तथा औजार ढुवानी गर्ने सवारीसाधन र अनुमति प्राप्त सवारीसाधनहरु सञ्चालन गर्न दिइने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस