शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • ओली समूहले जबज पढेको पनि छैन, बुझ्नु त टाढाक‍ो कुरा हो : भुसाल
राजनीति

ओली समूहले जबज पढेको पनि छैन, बुझ्नु त टाढाक‍ो कुरा हो : भुसाल

काठमाडौं। नेकपा एमालेका नेता घनश्याम भुसालले केपी शर्मा ओली समूहले जबज ‘जनताको बहुदलीय जनवाद’ नै नपढेको बताएका छन्।
हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा अन्तरवार्ता दिने क्रममा नेता भुसालले ओली समूहले जबज नपढेको र जबज बुझ्नु टाढाको विषय भएको बताएका हुन्।

केपी ओलीले जनताको बहुदलीय जनवाद यो हो भनेर त्यसको क्रान्तिकारी सारलाई बोलेको कुरा आफूले अहिलेसम्म नसुनेको नेता भुसालले बताए।

विज्ञापन

नेता भुसालले पार्टीमा आफूहरुले शक्ति,सामथ्र्य जुटाए पनि व्यवस्थापन गर्न नसक्दा अरुले खेल्ने मौका पाएको बताए। पार्टीको एकता सही, वैचारिक र राजनीतिक कार्यादिशामा, सिद्धान्त र लक्ष्यका आधारमा हुने नेता भुसालले भने। ओलीले कार्यकर्तामाथि कारबाहीको डण्डा देखाइनु विनाशकाले विपरीत बुद्धिझैँ भएको बताए।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस