समाचार
मेयर बालेनले सार्वजनिक गरे चुनावी खर्च, यस्तो छ विवरण
काठमाडौंका मेयर बालेन शाहले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। सोमबार उनले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत् स्थानीय निर्वाचनमा विभिन्न शीर्षकमा खर्च भएको रकम सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक गरेको विवरणअनुसार स्थानीय चुनावमा झन्डै चार लाख रूपैयाँ खर्च भएको छ। खर्च सार्वजनिक गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘खर्चको विवरण केही समयअगाडि नै सार्वजनिक भइसक्नुपर्ने थियो। […]