शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • शरीरको कोठी बढ्दैछ? हुनसक्छ क्यान्सर, कसरी बँच्ने?
समाचार

शरीरको कोठी बढ्दैछ? हुनसक्छ क्यान्सर, कसरी बँच्ने?

काठमाडौं। सन् २०४० सम्ममा ‘मेलेनोमा’ भनिने छालाको क्यान्सरका बिरामीहरु दोब्बर हुने एक अध्ययनले देखाएको छ। तीमध्ये ६८ प्रतिशतको मृत्यु हुने आँकलन छ। छालाको क्यान्सरका ५ बिरामीमध्ये १ जनामा मेलेनोमा क्यान्सर हुने गर्छ।

विश्वमा ५० वर्षभन्दा कम उमेरका महिला तथा पुरुषमा मेलेनोमा क्यान्सर हुनसक्ने खतरा बढी रहेको बताइन्छ। जामा डर्मेटोलोजी पत्रिकामा प्रकाशित अनुसन्धानअनुसार अफ्रिकी र एशियाली मुलुकको तुलनामा अस्ट्रेलियामा नयाँ बिरामीको संख्या ३६ गुणा बढी पाइएको छ। जसमा न्यूजील्याण्डमा सबैभन्दा बढी मानिसको मृत्यु यही क्यान्सरका कारण भएको छ। अर्थात् विश्वमा अस्ट्रेलिया र न्युजिल्याण्डमा यो क्यान्सरका बिरामीको संख्या धेरै छ। यस्तै, उत्तरी युरोप र उत्तरी अमेरिकामा पनि उच्च दर छ। अमेरिकामा मेलेनोमा महिलाको तुलनामा पुरुषमा करिब १.६ गुणा बढी हुन्छ।

विज्ञापन

क्यान्सरबारे अनुसन्धान गरेको एक अन्तर्राष्ट्रिय संस्थाका अनुसार सन् २०२० मा मेलेनोमाका ३ लाख २५ हजार नयाँ बिरामी थपिएका थिए भने ५७ हजार मानिसको मृत्यु भएको थियो। त्यसअघि सन् २०१५ मा यसका बिरामीको संख्या ३ करोड १० लाख भएको तथ्यांक सार्वजनिक भएको थियो, जसमा ५९ हजार ८ सय जनाको मृत्यु भएको थियो।

विज्ञापन

यो रोगबाट बँच्न शरीरमा सूर्यको किरण सिधा पर्न दिनुहुन्न। सनस्क्रीनको प्रयोग गर्नुपर्छ। परावैजनी किरण आउने विद्युतीय उपकरणबाट बँच्नुपर्छ।

कस्तो खालको हो यो क्यान्सर?
मेलेनोमा छालाको क्यान्सरको एक रुप हो। यो सूर्यको परावैजनी किरणको सम्पर्कमा आउँदा हुन्छ। सूर्यको किरणको सम्पर्कमा आउँदा डीएनए क्षति हुँदा मेलेनोमा क्यान्सर हुन्छ। यो स्थितिमा छालामा कालो कोठीजस्तो दाग देखिन्छ। बिस्तारै यसको आकार बढ्छ। यो एक प्रकारको आनुवंशिक रोग पनि हो, जो पुस्तैनी रुपमा हुँदै आएको पाइन्छ। प्राथमिक स्तरमा यसको उपचार सम्भव छ। लापरवाही गरे यसले ज्यान लिने खतरा पनि हुन्छ।

सूर्यको किरणको सम्पर्कमा नआउने शरीरका अंगहरु मुख, खुट्टा, पैताला, हात र यौनांगमा पनि यो क्यान्सर हुनसक्छ।

मेलेनोमाको लक्षण
शरीरको कोठीको रंगमा परिवर्तन

छालामा लामो समयसम्म घाउ रहनु

छाला चिलाउनु

छालामा रातो धब्बा बस्नु

चिलाउँदा रगत आउनु

बचावट
छालाको विशेष ख्याल राख्नुपर्छ

घाममा बाहिर निस्कँदा कालो चश्मा लगाउनुपर्छ

घरबाट बाहिर निक्लँदा अनुहारमा सनस्क्रीन क्रीम लगाउनुपर्छ

मेलेनोमा क्यान्सर हुनबाट बँच्न डाक्टरको सल्लाह लिनुपर्छ

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस