आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • नापी सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ
समाचार

नापी सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं ।

नापी कार्यालय कलंकीका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

विज्ञापन

 

विज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईलाई पक्राउ गरेको हो । उनीसँगै लेखापढी कर्मचारी नेत्रबहादुर पोखरेललाई पनि पक्राउ गरिएको छ ।

 

आयोगका अनुसार चौलागाई र पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए। सूचना पाएपछि पुगेको आयोगको टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको हो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस