बुधबार, कार्तिक १८, २०८३
  • होमपेज
  • Breaking News
  • मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय
Breaking News

मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

१८ कात्तिक, काठमाडौं । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

विज्ञापन

केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख छन् ।

विज्ञापन

मन्त्रिपरिषद स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस