शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • Breaking News
  • चौंथो जीतका लागि नेपालले आज अफगानिस्तानसँग भिडदैँ
Breaking News

चौंथो जीतका लागि नेपालले आज अफगानिस्तानसँग भिडदैँ

काठमाडौं । आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

 

विज्ञापन

आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

विज्ञापन

 

आजको सो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजे देखी सुरू हुनेछ ।  यसअघि तीनवटा खेलमा लगातार जीत हासिल गरेको नेपाल आज चौथों जीतका लागि मैदानमा उत्रन लागेको हो ।

नेपालले पहिलो खेलमा  युएईलाई डकवर्थ लुईस पद्धति (डिएलएस) का आधारमा ५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाइ ८ विकेटले पराजित गर्दै दोस्रो जीत हासिल गरेको थियो ।

गत बुधबार भएको तेस्रो खेलमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेर नेपाल आज अफगानिस्तानसँग भिडन आइपुगेको हो ।

 

लगातार तीन खेलमा जीत हासिल गरेकाे नेपाल ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । याे सँगै यस चरणमा याे नेपालकाे अन्तिम खेल हुनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस