Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ३२, २०८२
  • होमपेज
  • समाचार
  • डिलमा बसेर जात्रा हेर्दाहेर्दै पोखरीमा खसेका पुरुषको मृत्यु
समाचार

डिलमा बसेर जात्रा हेर्दाहेर्दै पोखरीमा खसेका पुरुषको मृत्यु

भक्तपुर । मध्यपुरथिमि नगरपालिका‐५ दुईपोखरीका ५० वर्षीय तुइलाल श्रेष्ठको आज पोखरीमा डुबेर मृत्यु भएको छ ।

सिन्दूर जात्रा हेर्न पोखरीको डिलमा बसेका श्रेष्ठ डिलबाट पोखरीमा खसेर डुबेलगत्तै स्थानीयले उद्धार गरी नेपाल कोरिया मैत्री अस्पताल थिमिमा उपचारका लागि लगेकामा अस्पतालले मृत्यु भइसकेको जानकारी गराएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

विज्ञापन

शव शव परीक्षणका लागि के।एम।सी। अस्पताल दुवाकोटमा लगेर घटनाबारे अनुसन्धान सुरु गरेको उनले जानकारी दिए । रासस

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस