काठमाडौं।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सबै भ्रष्ट नेतालाई जेल हाले मात्र देश बन्ने बताएका छन् । शनिबार बुटवलमा होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघको साधारणसभा उद्घाटन गर्दै उनले मुलुकको विकास हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार भएको उल्लेख गरे ।
विज्ञापन
विज्ञापन
ठूला दलका शीर्ष नेताहरूले आफ्नो स्वार्थ मात्र हेरेकाले मुलुक बिग्रिएको उनले बताए । अपवादबाहेक अधिकांश नेताहरू देश बनाउन नभई आफ्नो परिवार र आफन्तको स्वार्थमा केन्द्रित भएको उनको आरोप छ । सरकारको गलत नीतिका कारण हरेक क्षेत्रका व्यवसायी समस्यामा परेका उनले टिप्पणी गरे । जनप्रतिनिधिलाई तलब खुवाउन सवारीसाधन आयातमा तीन सय प्रतिशतसम्म महँगो कर लिने गरिएको उनको भनाइ थियो ।
फेसबुक प्रतिक्रियाहरु