शनिबार, फाल्गुन १५, २०८२
  • होमपेज
  • समाचार
  • चितवनबाट करिब ११ हजार विद्यार्थीले एसईई दिँदै
समाचार

चितवनबाट करिब ११ हजार विद्यार्थीले एसईई दिँदै

Renu Dahal

चितवन।

आजदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चितवनका करिब ११ हजार विद्यार्थी सहभागी हुँदै छन् ।

विज्ञापन

 

विज्ञापन

बिहान ८ बजेदेखि सुरु हुने एसईईमा चितवन जिल्लाबाट ५ हजार ५९१ छात्र र ५ हजार ३३२ छात्राले परीक्षा दिँदैछन् । परीक्षा तीन घण्टाको हुनेछ ।

 

एसईई परीक्षा शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न चितवनमा ६३० सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । एसईई परीक्षाका लागि जिल्लामा ४२ वटा केन्द्र तोकिएको छ ।

शिक्षा विकास समन्वय इकाइ भरतपुरका प्रमुख भूमिलाल सुवेदीका अनुसार भरतपुर महानगरपालिकामा २२, रत्ननगर नगरपालिकामा सात, खैरहनी नगरपालिकामा चार, माडी नगरपालिकामा दुई, राप्ती नगरपालिकामा तीन र कालिका नगरपालिकामा दुई र इच्छाकामना गाउँपालिकामा दुई वटा परीक्षा केन्द्र छन् ।

चितवनका २३४ वटा विद्यालयले एसइई परीक्षामा सहभागिता जनाउने छन् । जसमा सामुदायिक विद्यालयतर्फ १०८ र संस्थागततर्फ ११८ विद्यालय छन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस