सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरमा बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु
समाचार

भरतपुरमा बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु

चितवन । बसको ठक्करबाट चितवनमा अन्दाजी १० वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ माछापुच्छ्रे चोक बस्ने विक्रम पौडेलको छोरा आरुष पौडेल रहेका छन् ।

सोमबार साँझ ७ः४५ बजेको समयमा भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले माछापुच्छ्रे चोकमा बालकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

विज्ञापन

बसले बालकलाई सडकको जेब्राक्रसमै ठक्कर दिएको थियो । प्रहरीले बस र बस चालक माडी नगरपालिका–८ बस्ने ४१ वर्षीय विकास सार्कीलाई नियन्त्रणमा लिएको छ । प्रवक्ता भण्डारीका अनुसार बसमा सवार भरतपुर–७ की २१ वर्षीय कोपिला राईको बायाँ हातमा भित्रि चोट लागेको छ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस