आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • मुटु र क्यान्सरका बिरामीलाई निकै लाभदायक अनार
समाचार

मुटु र क्यान्सरका बिरामीलाई निकै लाभदायक अनार

अनार स्वास्थ्यका लागि निकै लाभदायक फल हो। अहिलेसम्म भएका वैज्ञानिक शोध अनुसार नियमित अनारको सेवनले हाम्रो स्वास्थ्यमा थुप्रै लाभ पुग्छ।

अनारमा थुप्रै प्रकारका भिटामिन, खनिज र बायोएक्टिव तत्व पाइन्छ। यसको हाम्रो शरीरलाई नियमित रूपमा आवश्यकता हुन्छ।

विज्ञापन

अनारमा पुनिक्लागिन्स नामक एन्टिअक्सिडेन्ट पाइन्छ। रेड वाइन र ग्रीन टीको माध्यमबाट अनारको जुसमा एन्टिअक्सिडेन्टको मात्रा तीन गुणा बढी हुन्छ। यसका अलावा अनारमा प्युनिसिक नामक प्याटी एसिड पनि पाइन्छ।

विज्ञापन

वैज्ञानिकका अनुसार १ सय ७४ ग्राम अनारको दाना सेवन गर्दा ७ ग्राम फाइबर, ३ ग्राम प्रोटिन, भिटामिन सी आरडिआई ३० प्रतिशत, भिटामिन के आरडीआई ३६ प्रतिशत, फोलेट आरडिआई १६ प्रतशत, पोटाशियम आरडिआई १२ प्रतिशत पाइन्छ।

अनार प्रोस्टेट क्यान्सरमा फाइदा पुगउँ५। प्रोस्टेट क्यान्सर पुरुषमा हुने सामान्य क्यान्सर हो। अनारको नियमित सेवनले क्यानसर हुनबाट जोगाउने अध्ययनले देखाएको छ। दैनिक २ सय ३७ मिलिग्राम अनारको जुस पिउँदा प्रोस्टेट क्यान्सर कम गर्न मद्दत मिल्छ।

अनारको जुस ब्लड प्रेसर कम गर्न पनि सहयोग गर्छ। एक अध्ययनका अनुसार दुई हप्ता अनुसार १ सय ५० मिलि लिटर अनारको जुस पिउँदा मानिसको रक्तचापमा विशेष रूपमा नियन्त्रित पाएको पाइन्छ।

अनारको जुस नियमित सेवन गर्दा हाम्रो जोड्नीहरूमा पनि विशेष फाइदा पुग्छ। यसले रगतमा पुगाउने फाइदाहरू त छदैछन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस