सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • मुग्लिनको गोरखा होटेलमा महिलासँगै बसेका पुरुष मृत फेला
समाचार

मुग्लिनको गोरखा होटेलमा महिलासँगै बसेका पुरुष मृत फेला

चितवन । इच्छाकामना गाउँपालिका–५ मुग्लिनस्थित गोरखा होटल एण्ड लजमा मंगलबार एक पुरूष मृत फेला परेका छन् । सोमबार साँझ ६ बजे अन्दाजी ३५ वर्षीया एक महिला र एक पुरूष उक्त होटलमा बास बस्न गएका थिए ।
महिलासँगै होटलमा बास बस्न गएका ती पुरूष मंगलबार बिहान ९ः४५ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
महिला भने फरार भएकाले उनको खोजी कार्य जारी रहेको उनले बताए । पण्डितका अनुसार मृतक पुरूषको पहिचान खुलेको छैन ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस