सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुरमा अब प्राविधिमैत्री शिक्षालाई उच्च प्रथामिकतामा मेयर रेनु
Breaking News

भरतपुरमा अब प्राविधिमैत्री शिक्षालाई उच्च प्रथामिकतामा मेयर रेनु

चितवन। भरतपुर महानगरकी मेयर रेनु दाहालले शैक्षिक पूर्वाधारको हिसाबले महानगरलाई अब्बल बनाउदै प्राविधिमैत्री शिक्षालाई उच्च प्रथामिकता दिएको बताउनुभएको छ । विद्यालयको भौतिकस्तर वृद्धि हामीले कुनै पनि कसर बाँकी नराखि काम भएको छ, उहाँले भन्नुभयो शिक्षाको क्षेत्रमा अब प्राविधक तथा गुणस्तरीय शिक्षा प्रदानका निम्ति भरतपुरले विशेष प्रथामिकता दिएको छ ।

श्री माध्यामिक विद्यालय गोरीगञ्ज भरतपुर ८ को नवनिर्मित ३ तले भवनको उद्धघाटन गर्दै मेयर रेनुले प्राविधिैत्री शिक्षा आजको आवश्यकता भएको भन्दै प्रविधिमैत्री विद्यालय बनाउन आफु अग्रसर बनेको बताउनुभयो ।

विज्ञापन

महानगरले विद्यालयहरुको पूर्वाधारमा राम्रै विकास गरेको र अब भने गुणस्तरीय बृद्धि गराउनेतर्फ ध्यान केन्द्रित गरेको उहाँको भनाई थियो । उहाँले सबैमा शिक्षा पुराउन महानगरमा अटिजम, बहिरा, नेतृहीन, सुस्त मनस्थिती, मस्तिष्क पक्षाघातका बालकालिकालाई छुट्टा छुट्टै पढाई सञ्चालन हुनेले पनि यसको पृष्टि गरेको जानकारी गराउनुभयो । उहाँले श्रीमाविलाई ध्यानमा राख्दै महानगरको शिक्षा ईकाइ, पूर्वधार जिल्ला आयोजना कार्यान्वयन ईकाइ र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको संयुक्त अनुदानमा ३ तलेको १६ कोठे भवन बनाएको बताउनुभयो ।

विज्ञापन

यस्तै उपमेयर रहेका सम्पूर्ण विद्यालयको गुणस्तर वृद्धिका लागी तथा प्रविधिक शिक्षा प्रदान गरेकाले यसको सम्पूर्ण विद्यार्थीले लाभ लिन आग्रह गरेका छन् ।
सोही अवसरमा भरतपुर महानगरको अनुमति तथा साझेदारीमा एसोएस बालग्राम नेपाल मार्फत सञ्चालित एसोएस स्वीजरल्याण्डको सहयोगमा सञ्चालित शैक्षिक परियोजनाद्धारा महागरको तीन वडाका ६ विद्यालयलाई आईसीटी सामाग्री समेत हस्तान्तरण गर्नुभएको थियो ।

३ बर्षसम्म पाईलट परियोजनाको रुपमा सञ्चालित यस कार्यक्रम अन्र्तगत ३६ लाख रुपैया बराबरको आइृसिटी सामाग्री दिएको एसोएस परियोजनाका संयोजन कृष्ण केसीले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा न.. ८ का वडा अध्यक्ष जीवननाथ कडेँल, वडा नं.७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, सहिदस्मृति काविका प्रचार्य रमेश अधिकारी, बाल क्बलकी सहसचिव जस्मिन पौडेल, श्रमाविका सह प्चार्य पदमश.कर सापकोटा लगायले बालेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस