शुक्रबार, असार १, २०८१
  • होमपेज
  • समाचार
  • चितवनको रामनगरमा २० क्विन्टल अवैध माछा नष्ट गरियो
समाचार

चितवनको रामनगरमा २० क्विन्टल अवैध माछा नष्ट गरियो

चितवन । चितवनको भरथपुरमा आइतबार २० क्विन्टल अवैध माछा नष्ट गरिएको छ । भेटेरिनरी रिपोर्टमा एकथरि उल्लेख भएको तर फरक प्रजातिको माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरोलाई चितवनको रामनगरमा नियन्त्रणमा लिएर चेकजाँचपछि अवैध माछा नष्ट गरिएको हो । पशु क्वारेन्टाइन चेक पोष्ट रामनगरका प्रमुख शिरिष गौतमका अनुसार भेटेरिनरी प्रमाणपत्रमा वैकी र रहु जातीका माछा ढुवानी गरिएको उल्लेख थियो तर गाडीमा भने रुपचन्द्र र विगहेड जातीका माछा भेटिएको उनले बताए ।

रामनगरको सामुदायिक वनमा खाल्डो खनेर नष्ट गरिएको हो । मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष अर्जुन लामिछानेले भारतीय माछालाई नेपाली उत्पादन भनेर अवैध रुपमा काठमाडौँ लैजाने क्रममा सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको बताए । माछामा सात घण्टासम्म पनि झिंगा नलागेको भन्दै उनले नाइट्रेट र फर्मालिन प्रयोग गरिएको हुन सक्ने जानकारी दिए ।

विज्ञापन

 

विज्ञापन

 

नाइट्रेट र फर्मालिन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ । गाडी चालक तेजनारायण चौधरीले नवलपरासीको सिमहीबाट बक्समा प्याकिङ गरेर राखिएको माछा गाडीमा लोड गरेर ल्याएको बताएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस