शुक्रबार, भदौ ५, २०८२
  • होमपेज
  • समाचार
  • सिएमसी क्यान्सर इन्स्टिच्युटको मेडिकल अंकोलोजी वार्ड उद्घाटन
समाचार

सिएमसी क्यान्सर इन्स्टिच्युटको मेडिकल अंकोलोजी वार्ड उद्घाटन

भरतपुरस्थित चितवन मेडिकल कलेज क्यान्सर इन्स्टिच्युटको मेडिकल अंकोलोजी वार्डको सेवा आइतबारदेखि सुरू भएको छ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा.शिवजी पौडेलले उक्त वार्डको उद्घाटन गरेका हुन्।

विज्ञापन

पौडेल केही दिन अघिमात्रै क्यान्सर अस्पतालको निर्देशक नियुक्त भएका थिए।

विज्ञापन

सिएमसी क्यान्सर इन्स्टिच्युटको मेडिकल अंकोलोजी वार्ड उद्घाटन गर्दै डा.पौडेलले उपचारका लागि आएका बिरामीको चितवनमै सबै उपचार हुने व्यवस्था गर्नुपर्ने बताए।

‘क्यान्सरको उपचार गर्न काठमाडौं जानुपर्ने, विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘यहाँ स्थापना भएका अस्पतालले स्तरीय सेवा दियो भने अन्यत्र पनि यस्ता अस्पताल खोल्न प्रेरणा मिल्छ।’

पौडेलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सिएमसी क्यान्सर इन्स्टिच्युट सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए।

चितवन मेडिकल कलेजका एकेडेमिक डाइरेक्टर प्रा.डा.गोपेन्द्रप्रसाद देवले सबै सेवा सरकारी शुल्कमा उपलब्ध गराएको बताए।

मेडिकल अंकोलोजी वार्डको उद्घाटनको अवसरमा एक महिनाका लागि यो शय्या नि:शुल्क गरिएको उनले बताए।

सिएमसी क्यान्सर इन्स्टिच्युट एक सय शय्या रहनेगरी चितवन मेडिकल कलेजले स्थापना गरेको क्यान्सर अस्पताल हो।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले आवस्यक सबै सेवा उपलब्ध गराएर क्यान्सरको उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटाउन प्रयास गर्ने बताए।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस