On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, मंसिर २०, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • निरंकुश राजतन्त्रका दलालहरूले खुलेआम खुकुरी हान्न थाले, लाखौं जनता सडकमा उतार्छौँः प्रचण्ड
Breaking News

निरंकुश राजतन्त्रका दलालहरूले खुलेआम खुकुरी हान्न थाले, लाखौं जनता सडकमा उतार्छौँः प्रचण्ड

हेटौंडा।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरूको सातो गएको बताउनु भएको छ । समाजवादी मोर्चाले बागमती प्रदेश अन्तर्गत आइतबार हेटौँडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानले प्रतिगामीहरूको सात्तो उडेको बताउनुभएको हो ।

विज्ञापन

 

विज्ञापन

यसपटक सरकारको नेतृत्व गरिरहँदा देश र जनताको पक्षमा देखिने गरी काम सुरु गर्ने आफ्नो योजना अनुरूप भ्रष्ट्राचारविरुद्ध निर्मम भएर काम गरिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो । उहाँले सरकार भ्रष्ट्राचारलाई निर्मूल पार्न, सामाजिक न्याय र सुशासन कायम गर्न कुनै पनि मूल्य चुकाउन तयार रहेको प्रष्ट पार्नुभयो । हिजो कुशासन चलाउनेहरू अहिले सरकारले सुरु गरेको अभियानबाट आत्तिएर सरकारविरुद्ध षड्यन्त्र र घेराबन्दी सुरु गरिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।

 

सरकारको अभियानबाट आत्तिएका प्रतिक्रियावादीहरुले विभिन्न नाममा एकजुट भएर अहिले विस्तृत शान्तिसम्झौताको भावना र संविधानको मर्मविपरीत सरकारविरुद्ध सबै खाले षड्यन्त्र र तानाबाना बुन्न तल्लीन रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

‘‘सरकारले जसरी एकपछि अर्को भ्रष्टाचार काण्डहरू खोल्दै गएको एकाथरीलाई मन परेको छैन। उनीहरू सरकारविरुद्ध लागेका छन् । हिजो अनेकन् भ्रष्टाचारका काण्ड मच्चाउनेहरू एकजुट भएर सरकारविरुद्ध लागेका छन् । कुनै पनि षड्यन्त्र, गुटबन्दी र धम्कीले सरकार अभियानबाट पछि हड्दैन् । यसलाई अझै सशक्त ढङ्गबाट लगिने छ’’– प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

सरकार देश र जनताको पक्षमा काम गर्न जुनसुकै बाधालाई परास्त गर्दै अगाडि बढ्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध, जनजीविका, समृद्धि र सुशासनको पक्षमा कसैसँग घुँडा नटेक्ने बताउनुभयो । सरकारले सुरु गरेका राम्रा कामबाट प्रतिक्रियावादीहरू आत्तिएको उल्लेख गर्दै उहाँले यो अभियान सबै नेपाली जनताको भएकाले साथ र समर्थन गरेर सरकारलाई अझै ऊर्जा थप्न आग्रह गर्नुभयो । सरकारले हरेक काम जनताको साथबाटै आँट गरेको बताउँदै अहिलेको सरकारको अभियानमा पनि जनसमर्थन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

समाजवादी मोर्चा निर्वाचनका लागि नभएको प्रष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले अहिलेका उपलब्धि र संविधानको रक्षा गर्दै गणतन्त्रलाई सर्वहारा, समाजवादीहरूको बनाउनका लागि जन्मिएको बत्ताउनुभयो । यो मोर्चा लामो सङ्घर्ष र बलिदानबाट देश र जनताले प्राप्त गरेको महान् उपलब्धिहरूको रक्षा गर्न बनेको उल्लेख गर्नुभयो । गणतन्त्रलाई बुर्जुवाहरुको मात्र हुन नदिनका लागि समाजवादी पक्षधरहरू एकजुट भएर मोर्चाबन्दीमार्फत् मैदानमा उत्रिएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।

कम्युनिष्टहरु फुट्छन् मात्र भन्ने नजिरलाई तोड्दै अब समाजवादी मोर्चामार्फत देशलाई आवश्यक परेको अवस्थामा कम्युनिष्टहरु जुट्छन् भन्ने सन्देश दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अब विभिन्न अवस्थामा रहेका कम्युनिष्टहरु एउटै केन्द्रमा सामेल हुने परिस्थिति बनेको बताउनुभयो । अहिले बनेको मोर्चा सबै परिवर्तनकारीहरूको साझा मोर्चा भएकाले प्रतिक्रियावादीहरूलाई परास्त गरेर उपलब्धिहरूको रक्षा गर्न एकजुट हुनु उहाँले आग्रह गर्नुभयो ।

उहाँले प्रतिक्रियावादीहरूलाई परास्त गर्न र उपलब्धिको रक्षा गर्न आमजनतासँगै सरकार पनि आन्दोलनमा उत्रने बताउनुभयो । प्रधानमन्त्रीले परिवर्तनको रक्षा, सुशासन, संवृद्धि र सामाजिक न्यायका लागि नेपाली कांग्रेस, माओवादी, समाजवादीसहितका दलको गठबन्धन बनेको र गठबन्धनका नेताहरुविरुद्ध प्रतिगामीहरूले खुकुरी हान्ने जस्तो जघन्य घटना घटाएको भन्दै यसलाई कुनै हालतमा छुट नदिइने प्रष्ट पार्नुभयो । उहाँले राजतन्त्रका दलालहरुका बिरुद्ध लाखौ जनता सडकमा उतार्ने चेतावनी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस