चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर दियालो बङ्गला दरबार खुला गरिने बताएकी छन् । भरतपुर-६ मा रहेको दक्षिणकाली पर्यटन सहकारीको पहिलो साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख दाहालले सकेसम्म सधैँका लागि नभए भ्रमण वर्षलाई दरबार खुला गरिने उल्लेख गरेकी हुन् ।
भरतपुर १ मा पर्ने दियालो बङ्गला दरबार नेपाल ट्रस्टको संरक्षण गर्दै आइरहेको छ । अहिले सर्वसाधारणले अवलोकन गर्न पाइँदैन। प्रमुख दाहालले दरबारलाई खुला गर्न कार्यपालिका बैठकबाट निर्णय गरी संस्कृति पर्यटन मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिइन् । यो विषयमा मन्त्रालय सकारात्मक रहेकाले नारायणहिटी सङ्ग्रहालय ढाँचामा अवलोकनको व्यवस्थापन मिलाइने उनको भनाई छ ।
विज्ञापन
यो ऐतिहासिक धरोहरलाई अवलोकन गर्ने धेरैले इच्छा तथा चाहाना व्यक्त गरेको जिकिर गर्दै यो भरतपुर आउने पर्यटकको रोजाइको केन्द्र बन्न सक्ने बताइन् । यो दरबारमा राजा महेन्द्र चितवन आउने क्रममा बस्ने गरेको पाइन्छ भने राजा महेन्द्रको यही दरबारमा मृत्यु भएको थियो ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु