शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाचार
  • गजिनी भिलेनले गर्दैछन् नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा नीता ढुंगानाको बुवाको भूमिका
समाचार

गजिनी भिलेनले गर्दैछन् नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा नीता ढुंगानाको बुवाको भूमिका

काठमाडौं । बलिउडको चर्चित फिल्म गजिनी फेम्ड अभिनेता प्रदीप रावतले नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गरेका छन् । भारतको हैदराबादमा भइरहेको छायांकनमा उनी सहभागी भए ।

निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले अभिनेता रावतसँगको तस्वीर सेयर गर्दै छायांकन सेट ज्वाइन गरेको जनाएकी हुन् । तस्वीरमा अभिनेता हरिहर अधिकारी पनि देखिएका छन् ।

विज्ञापन

फिल्ममा रावतले नीताको बुवाको भूमिकामा अभिनय गर्दैछन् । फिल्ममा उनको लामो भूमिका रहेको समेत जनाइएको छ । अनलाइनखबरसँग कुरा गर्दै नीताले अर्को चरणको छायांकनका लागि आफूहरु कोलकाता पुगेको जानकारी दिइन् ।

विज्ञापन

तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका रावतले महाभारत सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन् । उनले सरफरोस, लगान, गजिनीमा खलपात्रको भूमिकामा समेत अभिनय गरेका छन् ।

नीता ढुंगाना फिल्म्सको ब्यानरमा निर्माण भइरहेको ह्रस्वदीर्घको छायांकन अहिले भारतमा भइरहेको छ ।

https://youtu.be/zRJF_vMaWv0

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस