जनता समाजवादी पार्टी निकट समाजवादी युवा संघ भरतपुर महानगरपालिका अध्यक्ष थमन सिहं सुनारको नेतृत्वमा ८ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
जसपाको युवासंघ परित्याग गरी नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा शान्ति सुनार, बुद्धिमाया सुनार, संगिता सुनार, अनिता सुनार, दिपेश सुनार, मनोज भुजेल, भिम विक रहेका छन् ।
विज्ञापन
उनीहरुलाई नेकपा माओवादी केन्द्रका चितवन जिल्ला ईन्चार्ज रेनु दाहाल, पाटीका जिल्ला संयोजक रामचन्द्र अधिकारी, महानगर अध्यक्ष ईश्वर सापकोटा समुनले स्वागत गर्नुभएको थियो ।
विज्ञापन
युवाहरु चितवन क्षेत्र नम्बर ३ का बासिन्दा हुन् । चितवन क्षेत्र नम्बर ३ पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो । मंसिर ४ गते निर्वाचन घोषणा भएसँगै चितवनमा अन्य पाटी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्नेको आकर्षण बढेको छ ।
फेसबुक प्रतिक्रियाहरु