मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • विकास निर्माणको काममा सबैको ऐक्यबद्धता अपरिहार्य : मन्त्री भुसाल
समाचार

विकास निर्माणको काममा सबैको ऐक्यबद्धता अपरिहार्य : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकास निर्माणको काममा सबैजनालाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन्। ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन् ।

 

विज्ञापन

मन्त्री भुसालले भनिन्, ‘विकास निर्माणकार्यमा एउटै मनले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकासका काममा हामी एक मत छौँ, हुनुपर्छ । सधैँ जनताको काममा एकताबद्ध भएर लाग्छौँ ।’ उनले सार्वजनिक जग्गा सदुपयोग गरेर निर्माण गरिएको पार्कले स्थानीयवासीको जीवनशैली विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस