On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • वन मन्त्रालयले रोकेको विकासको काममा निकास दिन मेयर रेनु दाहालको आग्रह
Breaking News

वन मन्त्रालयले रोकेको विकासको काममा निकास दिन मेयर रेनु दाहालको आग्रह

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरभित्रका विकासका काममा वन मन्त्रालयले रोक लगाएको विषयबारे वन तथा वातावरणमन्त्री प्रदिप यादवलाई ध्यानाकर्षण गराउनु भएको छ ।

मेयर दाहालले भरतपुरमा भइरहेको विकासको काममा वन मन्त्रालयले आवश्यक सहजीकरण गरेर निकास दिन आग्रह गर्नुभयो ।
आईतबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित विकास बहसबारे अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले भरतपुरका महत्वपूर्ण विकास निर्माणको काम भइरहेको क्षेत्रमा पर्ने रुख कटान गर्नुपर्ने भएकाले यसका लागि प्रकृया अगाडि बढाएर निकास दिन आग्रह गर्दै मन्त्री यादवको ध्यानर्काषण गराउनु भएको हो ।
‘भरतपुरमा निर्माणधिन रिङरोडमा रुखहरु परेका छन्,‘उहाँले भन्नुभयो,‘त्यस्तै सिक्स लेन सडकमा पनि केही रुख काट्नुपर्ने छ । सुकुम्बासीलाई जग्गा दिने ठाँउमा पनि रुखहरु परेका छन् । यसका लागि मन्त्रालयले सहजीकरण गरिदिनु प¥यो ।’

विज्ञापन

मेयर दाहालले भरतपुर महानगरपालिकासँग जोडिएको नगरवनलाई अन्तर्राष्ट्रिय मापदण्डको पार्क निर्माण गर्न खोजेको उल्लेख गर्नुभयो । ‘नाम नै नगरवन छ’,उहाँले भन्नुभयो,‘तत्कालिन मेयरले वृक्षरोपण गरेर बनेको वन हो यो । वन मन्त्रालयले महानगरपालिकाको वनको रुपमा सहमति दिन अनुरोध गर्छु । पार्क निर्माण गर्न स्वदेशी र विदेशी लगानीकर्तासँग छलफल गरी लगानी गर्न प्रस्ताव पनि गरेका छौ ।’

विज्ञापन

मेयर दाहालले नगरवन क्षेत्रसँग जोडिएको क्षेत्रमा अटोभिलेज निर्माणका लागि मास्टर प्लान बनाएर अहिले वातावरणीय प्रभाव मूल्याङकन (इआइए) को प्रकृयामा रहेकाले यस विषयलाई पनि सहजीकरण गर्न आह्वान गर्नुभयो ।

यस्तै गोलाघाट–नवलपुर जोड्ने पुल, जलदेवि सामुदायिक वनमा निर्माण हुन लागेको ल्याण्डफिल्ड साईड र नारायणी तटबन्धनको काम पनि सहजीकरण गर्न ध्यानाकर्षण गर्नुभएको थियो ।
जवाफमा वन तथा वातावरणमन्त्री प्रदिप यादवले विकासको काममा वन मन्त्रालय बाधक नबन्ने बताउनुभयो ।

कानुनी जटिलताहरुलाई हल गर्दै मन्त्रालयले फिल्डमा गई समस्याको वैकल्पिक समधान खोज्ने पनि मन्त्री यादवले उल्लेख गर्नुभयो ।
मन्त्री यादवले माडीमा देखिएको सडक, पुल, विद्युतिकरण लगायतको विषयमा समस्याको समधान गर्न मन्त्रालय अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
सोही कार्यक्रममा वन मन्त्रालयका सचिव डा प्रेम कँडेलले अहिले देखिएका समस्याको समधानको लागि मन्त्री स्तरबाट गर्न सक्ने मन्त्रीस्तरबाट, मन्त्रीपरिषदबाट गर्न मिल्ने मन्त्रीपरिषद र प्रतिनिधि संसदमा लानुपर्ने विषय त्यहीबाट टुङ्गो लगाईने वन मन्त्रीबाट निर्देशन आएकाले त्यही आधारमा अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा निकुञ्ज विभागका महानिर्देशक डा रामचन्द्र कँडेल, हुलाकी सडक आयोजना प्रमुख धर्मेन्द्र कुमार झा, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य लगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस