नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आले मगरले अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवासँग भएको भेटसँग जोडेर झुट प्रचार गरिएको गुनासो गरेका छन्।
दाहाल–राणा भेटवार्ता संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानेदेखि लिपुलेक, कालापानी र लिम्पियाधुरासहित समेटेर बनाइएको नक्सा खारेज गर्नेसम्मको सहमति भएको केही समाचार प्रकाशित भएको थियो।
विज्ञापन
सांसद आले मगरले त्यो कुरा झूट र वाहियात भएको उल्लेख गर्दै साइबर स्यालहरूलाई त्यस्तो परिकल्पना नगर्न चेतावनी दिए।
विज्ञापन
सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेको उपस्थितिमा भएको पार्टी अध्यक्ष दाहाल र राणाबीचको भेटमा यस्तो सहमति हुनै नसक्ने जिकिर समेत गरे।
‘हाम्रो अध्यक्ष प्रचण्डको इन्डिया भ्रमणबारे समाचार आयो। त्यो फेक हो । एउटा पार्टीको विदेश विभाग प्रमुखको उपस्थितिमा प्रचण्ड र आरजु राणाजीको बैठकले त्यस्तो निर्णय गर्न सक्छ? वाहियात कुरा । झुट कुरा । यो मैले सुनेको थिए–साइबर स्यालकै कल्पना हो’, उनले भने, ‘विल्कुल त्यस्तो कल्पना हो।’
फेसबुक प्रतिक्रियाहरु