मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • ओलीकै बाटोमा देउवा, अझै गल्ती सच्चिएन : विश्वप्रकाश
समाचार

ओलीकै बाटोमा देउवा, अझै गल्ती सच्चिएन : विश्वप्रकाश

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले गल्ती नसच्याएको आरोप लगाएका छन् । शनिबार केन्द्रीय समिति बैठकमा बोल्दै शर्माले विगतमा केपी शर्मा ओली सरकारले गरेको गलत कामको कांग्रेस नेतृत्वले अझै नसच्याएको भन्दै आरोप लगाए ।

ओलीले प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरेको शक्ति शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि निरन्तरता दिएको भन्दै महामन्त्री शर्माले आलोचना गरे । सुशासनको सवालमा पनि सरकार खरो उत्रिन नसकेको र संघ तथा प्रदेशसँग पनि संघीय सरकारले पर्याप्त समन्वय गर्न नसकेको महामन्त्री शर्माले बताए ।

विज्ञापन

सरकारले कोरोना भाइरसविरुद्धको खोप, एमसीसी अनुमोदन र स्थानीय चुनाव सम्पन्न गर्नु सफलता भन्दै उनले भने, ‘चुनाव व्यवस्थित रुपले सम्पन्न गराएकोमा म प्रधानमन्त्री, गृहमन्त्री एवं निर्वाचन आयोगलाई बधाई दिन चाहन्छु नेपाली काँग्रेसलाई पहिलो दल बनाउन नेतृत्व गर्ने सभापति र देशभरको पार्टी पंक्ति सबैलाई बधाइ ।’

विज्ञापन

महामन्त्री शर्माले एक हप्ताभित्र पार्टीका भ्रातृसंस्थालाई पूर्णता दिन र विभागहरु गठन गर्नुपर्ने बताए । सहमहामन्त्रीहरु जिम्मेवारीविहीन भएको भन्दै उनीहरुलाई पनि एक हप्ताभित्र जिम्मेवारी दिनुपर्ने बताए । उनले आफूहरुले पार्टी सभापति देउवालाई असहयोग नगरेको पनि स्पष्टिकरण दिए । सभापतिले विधान अनुसार काम नगर्दा घचघच्याएको भन्दै त्यसलाई असहयोगको रुपमा नलिन पनि उनले आग्रह गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस