मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • महामन्त्रीहरूलाई देउवाको जवाफ- ‘मलाई धेरै खेद्‌नु पर्दैन, फोन उठाउने गर्नुस्’
समाचार

महामन्त्रीहरूलाई देउवाको जवाफ- ‘मलाई धेरै खेद्‌नु पर्दैन, फोन उठाउने गर्नुस्’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो धेरै आलोचना नगर्न आग्रह गरेका छन् । केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा पदाधिकारीहरूले सभापति देउवाले एकलौटी गरेको आरोप लगाएपछि जवाफमा देउवाले आफूलाई धेरै नखेद्न आग्रह गरे ।

‘मैले तरुण दल र नेविसंघ गठन गर्दा सबैलाई सोधेको हो । त्यसपछि तपाईंहरूको फोन उठेन, फोन उठाउने गर्नुस्,’ देउवाले भनेका थिए । महामन्त्री गगन थापाले किसान संघ र जनजाति संघ गठन गर्दा विज्ञप्तिमार्फत थाहा पाएको भनेपछि देउवाले यस्तो जवाफ फर्काएका हुन् ।

विज्ञापन

सभापति देउवाले पार्टीभित्र सबैलाई मिलाएरै अघि बढ्न चाहेको बताए । उनले आफूलाई कुनै बेला पार्टीले साधारण सदस्यबाटै हटाएको समेत स्मरण गरे ।

विज्ञापन

‘एउटा कालखण्डमा म पनि कांग्रेसको क्रियाशील सदस्य नै खोसिएको मान्छे हुँ । अहिले त्यस्तो छैन । मेरो चाहना अहिले कांग्रेसलाई पहिलो पार्टी बनाउने हो, फेरि म सभापति हुने होइन । अब पार्टी चलाउने तपाईंहरूले नै हो,’ बैठकमा सभापति देउवाले बोलेको उदृत गर्दै केन्द्रीय सदस्य रामहरि खतिवडाले भने, ‘मैले शेखरजीलाई पनि साथै लिएर जाने हो ।’

सभापति देउवाले अहिले गठबन्धन गरेरै अघि बढ्नुपर्ने परिस्थिति रहेको दाबी गरे ।

‘माधवजी मलाई प्रधानमन्त्री बनाउन एमाले छोडेर आउनुभयो, प्रचण्डलाई गिरिजाबाबुले शान्ति प्रक्रियामा ल्याउने बेलादेखि नै साथै लिएर हिँड्नुभएकै हो । अहिलेको परिस्थिति नै त्यस्तै छ, हामी एक्लै जित्दैनौँ, त्यसकारण पनि अहिले गठबन्धन गर्नु आवश्यक छ,’ देउवाले भनेका थिए, ‘गठबन्धन भइहाल्यो । अब अहिले नै माधव नेपाल र प्रचण्डहरूको साथ छोड्ने बेला भएको छैन ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस