बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाचार
  • विश्व निकेतन पुगेका मेयर बालेन्द्र भन्छन्– विद्यालयको गुणस्तरको मानक महानगरमै रहेछ
समाचार

विश्व निकेतन पुगेका मेयर बालेन्द्र भन्छन्– विद्यालयको गुणस्तरको मानक महानगरमै रहेछ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा पुगेका छन् । घरदैलो कार्यक्रमअन्तर्गत उनी शुक्रबार त्यहाँ पुगेका हुन् । उनले १३५ शिक्षक र कर्मचारीहरूको संयुक्त प्रयासबाट सो विद्यालयले आफूलाई शैक्षिकस्तरको मानक बनाएको बताएका छन् ।

‘त्रिपुरेश्वरको राहदानी विभागको पछाडि एउटा स्कुल छ, विश्व निकेतन माध्यमिक विद्यालय । यसको स्थापना २००३ सालको माघ १९ मा भएको थियो । अहिले यसमा कक्षा १ देखि १२ सम्म पढ्ने विद्यार्थीको संख्या ४ हजार छ,’ मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१ सय ३५ शिक्षक र कर्मचारीहरुको संयुक्त प्रयासबाट यो स्कुलले आफुलाई सरकारी शैक्षिक स्तरको मानक बनाएको छ ।’

विज्ञापन

विश्व निकेतनले विद्यालयको गुणस्तरका लागि मानक र उदाहरणहरू त हाम्रै महानगरमा पनि छन् भन्ने आफूलाई लागेको उनको भनाइ छ । ‘महानगरका लागि शिक्षाक्षेत्रको यो नमुना उपयोगी हुनेछ । याद गर्नैपर्छ, सरकारी स्कुललाई प्राथमिकतामा नराखी, सरकारी स्कुलको शिक्षा सर्वसुलभ र गुणस्तरीय नहुन्जेल देश अगाडि बढ्छ भन्ने सोच्नु दिवास्वप्न मात्र हो,’ उनले लेखेका छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस