शुक्रबार, मंसिर १४, २०८१
  • होमपेज
  • समाचार
  • ‘बैगुनी केटो’को उपमा त्यसै पाएको होइन रहेछ, माधव नेपालले होइन सन्न्यास लिने तपाईंले हो : पराजुली
समाचार

‘बैगुनी केटो’को उपमा त्यसै पाएको होइन रहेछ, माधव नेपालले होइन सन्न्यास लिने तपाईंले हो : पराजुली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले एमाले सचिव योगेश भट्टराईलाई सन्न्यास लिन सुझाव दिएका छन् ।

आइतबार दिउँसो भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राजीनितिबाट सन्न्यास लिन उपयुक्त हुने बताएका छन् । जवाफमा पराजुलीले फेसबुकमार्फत ‘युवा राजनीतिलाई दूषित बनाउने’ भट्टराले सन्न्यास लिनुपर्ने बताएका हुन् ।

विज्ञापन

 

विज्ञापन

 

साथै उनले भट्टराईलाई ‘बैगुनी केटो’को उपमा उपयुक्त भएको पनि बताएका छन् ।

“नेपाल कम्युनिस्ट पार्टीलाई विभाजन गर्न शकुनिको भूमिका खेल्नेहरूबाट धम्की ? नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी विभाजनको बिजारोपण गर्ने द्वन्द्वको जग बसाल्नेहरूले आज यसरी बोल्न अलिकति पनि लाज लाग्दैन ? बैगुनी केटोको उपमा त्यसै प्राप्त भएको होइन रहेछ । …विभाजन र समूहबन्दीका नाइकेहरू माधव नेपालले होइन सन्न्यास लिने तपाईंले हो । युवा राजनीतिलाई दूषित बनाउनेले हो सन्न्यास लिने ।”

केही दिनअघि अध्यक्ष नेपालले आफूहरूलाई ‘१० भाइ एमालेका दास हौ, तिमीहरूले हाम्रो खैरो खन्छौ’ भन्ने भाषण गरेकोप्रति भट्टराईले आपत्ति जनाएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस