आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • राजनीति
  • अब माओवादी धाराबिच पार्टी एकता गरौं – महासचिव विप्लव
राजनीति

अब माओवादी धाराबिच पार्टी एकता गरौं – महासचिव विप्लव

काठमाडौं। नेकपाका महासचिव नेत्र विक्रम चन्द्र विप्लवले माओवादी धारबीच पार्टी एकता गर्नुपर्ने बताएका छन्। पत्रकार सम्मेलन गर्दै विप्लवले अब नयाँ ढंगले एकता र धुव्रिकरण अपरिहार्य रहेको बताएका हुन्।

विप्लवले भने, ‘सच्चा माओवादी बन्ने र देश र जनताको सेवा गर्ने सर्तमा विभाजित माओवादीबीच एकता आवश्यक छ,सवै रुपान्तरण भएर अघि वढ्न तयार भए माओवादी एकताको लागि हामी सधैं तयार छौं।’

विज्ञापन

वामपन्थी,देशभक्त,क्रान्तिकारी शक्तिहरु विभाजित र कमजोर हुँदा नेपालमाथि साम्राज्यवादी हस्तक्षेप तीव्र रुपमा वढ्दो बढेको भन्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्न देशभक्त,वामपन्थी शक्तिहरु एकतावद्ध हुनु पर्नेमा उनले जोड दिए।

विज्ञापन

आगामी असोज १ देखि सुरु हुने पार्टीको नवौं महाधिवेशनमा वृहत कम्युनिष्ट केन्द्र निर्माण गरी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने वारे विशेष वहस गरिने उनले बताए। उनले वामपन्थी शक्तिहरु विभाजित हुँदा समाजवाद निर्माणको उदेश्य पर धकेलिएको बताए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस