आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा पनि बालेन प्रभाव : नारायणगढको होटल जमघटमा सार्वजनिक शौचालय
समाचार

चितवनमा पनि बालेन प्रभाव : नारायणगढको होटल जमघटमा सार्वजनिक शौचालय

चितवन ।  चितवनको होटल जमघटले आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोगको अनुमति दिएको छ । नारायणगढको शहिदचोक र भरतपुरको केन्द्रीय बस टर्मिनल अगाडि रहेको जमघटको दुबै शाखाको शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याईएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई समर्थन गर्दै जमघटले हिजो (बुधबार) देखि नै आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोगमा ल्याउने घोषणा गरेको हो । होटलले बाहिर बोर्ड राखेर आफ्नो शौचालायलाई सार्वजनिक रुपमा प्रयोग गर्न सकिने जानकारी दिएको छ ।

विज्ञापन

काठमाडौंका मेयर बालेनले होटल तथा रेष्टुरेन्टलाई शौचालयलाई सार्वजनिक रुपमा प्रयोगमा ल्याउन सक्ने बाटो देखाएपछि आफ्नो होटलको शौचालयलाई सार्वजनिक रुपमा प्रयोगको अनुमति दिएको सञ्चालक कृष्ण भट्टले बताए ।

विज्ञापन

काठमाडौं महानगरले ल्याएको योजना चितवनमा पनि अघि बढाउन पर्छ भन्ने सोचका साथ होटलको शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेको उनको भनाइ छ । ‘हामी हिजो शौचालय चाहिन्छ भन्दै हिंडेको थियौं । आफ्नो शौचलाय खोलिदिदा सजिलो हुन्छ भन्ने ज्ञान भएन । काठमाडौंका मेयरबाट जुन यो योजना आयो यसले हाम्रो पनि दिमाख खुल्यो’, उनले भने ।

उनले अघि भने, ‘शौचालय अत्यावश्यक हो । यो आवश्यकता हामीले पूर्ति गर्नुपर्छ भन्ने लाग्यो । हामी यसै पनि सेवामुलक व्यवसायमा हात हालेको मान्छे । हामीले नजानेको रहेछौं । अहिले ज्ञान भयो । भरतपुर महानगरले पनि सार्वजनिक शौचालय कहाँ बनाउने भन्ने दिमाख चलिरहेको होला । प्रत्येक होटल रेष्टुरेन्टले आफ्नो शौचालयलाई सार्वजनिक बनायो भने सजिलो हुने भयो नि त ।’

उनले कुनै पनि किसिमको असहजता नमानी होटलको शौचालय नि:शुल्क रुपमा प्रयोग गर्न सबैलाई आग्रह गरे । चितवनको मुख्य बजार मानिने नारायणगढमा सार्वजनिक शौचालय छैन । सार्वजनिक शौचालय नहुँदा बटुवादेखि काम बिशेषले नारायणगढ पुग्ने जनताले सास्ती भोग्दै आएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस