आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • फुटको संघारमा जसपा, उपेन्द्र–बाबुराम अलग हुनसक्ने
समाचार

फुटको संघारमा जसपा, उपेन्द्र–बाबुराम अलग हुनसक्ने

पछिल्ला दिनमा सरकारमा रहेका मन्त्रीहरुको हेरफेर गर्ने विषयमा एकमत नभएको सत्तारुढ गठबन्धनभित्र पार्टीहरुमा पनि विभाजनको संकेत देखिन थालेको छ ।

पछिल्ला केही महिना यता सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)मा यो विवाद अब उत्कर्षमा पुगेको छ । यो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु नफेरिने हो भने पार्टी नै विभाजन हुने सम्भावना बढेको एक नेता बताउँछन् ।

विज्ञापन

तर, नेकपा एकीकृत समाजवादीले समेत फिर्ता बोलाइसकेका मन्त्रीहरु फिर्ता आएका छैनन्, नयाँ मन्त्रीहरुको सपथ हुन सकेको छैन । यस्तो अवस्थामा नयाँ तत्काल जसपाका मन्त्रीहरु पनि हेरफेर हुने सम्भावना छैन । यही कारण जसपामा पनि मन्त्रीहरु फेरिने सम्भावना कम छ ।

विज्ञापन

 

जसपा अध्यक्ष उपेन्द्र यादवले पनि पछिल्ला दिन मन्त्रीहरु नफेर्ने र चुनावसम्म गठबन्धनमा रहेर यही मन्त्रीहरुलाई निरन्तरता दिने संकेत गरेका छन् । उनले बुधबार मात्र जनकपुरमा आयोजित एक कार्यक्रममा मधेशमा एक शक्ति बन्नका लागि लोकतान्त्रिक समाजवादी पार्टीसँग फेरि एकता हुनसक्ने समेत अभिव्यक्ति दिएका थिए ।

पहिले ६ महिनामा मन्त्रीहरु फेर्ने बताएर अहिले बेवास्ता गरेको आरोप उनीमाथि पार्टीभित्रका असन्तुष्ट पक्षले लगाउन थालेका छन् । यतिमात्र होइन, उनलाई लोसपासँग नजिकिन थालेको आरोप पनि लाग्न थालेको छ । उनीसँग असन्तुष्ट पक्षले उनले पार्टीमा पेलेर जान थालेको आरोप लगाउन थालेका छन् ।

उनले पेलेर अगाडि बढेकाले पनि पार्टीमा फुट हुने निश्चितजस्तै भएको जसपाका ती नेताले फरकधारलाई बताए । ‘उपेन्द्रजीले पेलेर अगाडि बढ्ने सोच्नु भएको छ,’ ती नेताले भने, ‘यस्तो अवस्थामा पार्टीमा फुट नआए कस्तो अवस्थालाई कुर्ने त ?’

अहिले जसपामा १९ जना सांसद छन् । नयाँ दल बनाउन चाहने समूहसँग कम्तिमा पनि ६ सांसद रहेको ती नेताको दाबी छ । ‘यस्तो अवस्थामा राजनीतिक दलसम्बन्धी अध्यादेश आउन पनि सक्छ, जसरी हुन्छ पार्टी फुटका लागि सहज हुने वातावरण बन्न सक्छ,’ ती नेताको दाबी छ, ‘फेरि अवसर कसले बढी पाउने भन्ने कुरा अहिलेको चासो हो ।’

पछिल्लो समय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच दूरी बढेकाले पनि जसपा फुट्न सक्ने अनुमान धेरैले गरेका हुन् ।

लोसपासँग लचक देखिन थालेका यादवलाई छाडेर भट्टराईले नयाँ दल दर्ता गर्न सक्ने अनुमान त्यसैले जसपामा पनि गरिएको छ ।

‘बाबुराम भट्टराईले नयाँ दल दर्ता गरेर नयाँ अभियानका साथ अगाडि बढ्न सक्ने सम्भावना बढेको छ,’ जसपाका ती नेताले भने, ‘बाबुराम भट्टराईको त्यो दलमा अहिले स्वतन्त्र भएका युवाहरुदेखि विवेकशील साझा पार्टीका असन्तुष्टहरुसमेत अटाउन सक्ने सम्भावना छ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस