आइतवार, बैशाख ७, २०८२
  • होमपेज
  • समाचार
  • धरानका विद्यालयमा अव ट्राफिक नियम पनि सिकाइने मेयर हर्क साम्पाङ्गको घोषणा
समाचार

धरानका विद्यालयमा अव ट्राफिक नियम पनि सिकाइने मेयर हर्क साम्पाङ्गको घोषणा

धरानः धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ्गले उपमहानगरका विद्यार्थीलाई ट्राफिक सचेतनाका लागि पाठ्यक्रममै राखेर पढाई सुरु गरिने बताएका छन् । धरान उपमहानगरले विद्यालयको पाठ्यक्रममा ट्राफिक नियम अध्यापन सुरू गर्ने भएको हो ।

 

विज्ञापन

मेयर साम्पाङ्गले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा समेत सो विषयको जानकारी दिँदै ट्राफिक नियम प्रभावकारी बनाउन सबैलाई आग्रह गरेका छन् । सडक दु’र्घ’टना न्यूनीकरण गर्नु उपमहानगरको उद्देश्य भएकाले सबैको सहयोग रहने मेयरको विश्वास छ ।

विज्ञापन

‘धरान उपमहानगरले स्कूले पाठ्यक्रममा ट्राफिक नियम अध्यापन सुरु गर्नेछ । सबैले यसलाई प्रभावकारी बनाऔँ । सडक दु’र्घ’टना न्यूनीकरण हाम्रो उद्देश्य रहनेछ ।’ उनले आफ्नो फेसबुक पेजमार्फत् भनेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस