सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • गरिबका छोरा छोरी पढ्ने विद्यालयमा जव पुगे धरानका मेयर हर्क साम्पाङ्ग
समाचार

गरिबका छोरा छोरी पढ्ने विद्यालयमा जव पुगे धरानका मेयर हर्क साम्पाङ्ग

धरान। धरान उपमहानगरपालिका वडा नम्बर ५ मा दयनिय अवस्थामा संचालित गरिब समुदायका छोरा छोरी अध्ययन गर्ने जनता आधारभूत विद्यालयलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले आवश्यक सहयोग गर्ने बताएका छन् ।

धरानका क्रियाशिल पत्रकार नेपाल पत्रकार महासंघ सुनसरीका सह सचिव समेत रहेका तीर्थ कार्कीले धरान उपमहानगरपालिका भित्र पनि राज्यको कुनै पनि निकायको हालसम्म आँखा पर्न नसक्दा गरिबका छोरा छोरी अध्ययन गर्ने जनता आधारभूत विद्यालयको दनिय अवस्थालाई भिडियोमा कैद गरि समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि धरानका मेयर साम्पाङ्गले चासो राखेका हुन् ।

विज्ञापन

 

विज्ञापन

मेयर साम्पाङ्ग आज मध्यान्ह १२ बजेको समयमा भिडियो हाल्ने पत्रकार कार्कीलाई लिएर सो विद्यालयको अवस्था बारे बुझ्न विद्यालय संचालन भईरहेको अवस्थामा पुगेका छन् ।
उनले विद्यालयको भौतिक संरचना, विद्यार्थीहरुको अवस्था, पढाईको अवस्था र शिक्षकहरुको दरवन्दी लगायतका बिषयमा गम्भिरता पूर्वक अवलोकन गर्नुको साटो विस्तृत जानकारी लिइएका छन् ।

सो विद्यालयकी प्रध्यानाध्यापक रीता पोख्रेलले मुख्यत भौतिक संरचना ठिक नभएकाले विद्यार्थीहरुलाई पढाउन नै मुस्किल भएको मेयर साम्पाङ्गलाई जानकारी गराएकी थिइन् । मेयर साम्पाङ्गले बिद्यालयलाई आवश्यक सहयोग गर्ने बचन वद्धता व्यक्त गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस