काठमाडौं । नेकपा बहुमतका संयोज धमेन्द्र बास्तोलाले विप्लवहरुसँग पार्टी एकताको सम्भावना रहेको बताएका छन् ।
यो दलाल पुँजीवादी व्यवस्था भित्र कुनै पनि नेताले केही पनि गर्न सक्दैनन् भनेर जनताले बुझेको, उनले बताएका छन् ।
विज्ञापन
विप्लवहरुसँग एकताको सम्भावना भएको र कम्युनिष्ट आन्दोलान भनेको विचार, वर्ग, पुँजीवादी र समाजवादी दुष्टिकोणको भएको र एमसीसीको विरोध गर्नेहरुलाई आफुहरुले सहोग गर्ने बताए ।
विज्ञापन
संसदीय व्यवस्थाबाट नेपालमा शान्ति, समृद्धी र र स्थरता, देशको परिर्वतन, राष्ट्रिय पुँजीको विकास र राष्ट्रिय सम्पतिको रक्षा दलाल पुँजीवादले गर्न नस्कने बताएका छन् ।
आफुहरुले यो व्यवस्थालाई परिर्वतन गर्नु पर्ने र पार्टी संसदीय व्यवस्थाबाट बाहिर निस्किनु पर्ने आफुहरु संसदीय व्यवस्थामा नजाने, उनले बताए ।
संसदीय व्यवस्था भित्र हुने हजार चुनाव गरेपनि सय चुनाव गरेपनि यो चुनावी प्रणालीबाट इमान्दार मान्छे छाने पनि केही गर्न नस्कने बताए ।
आफुहरुसँग प्रचण्डले सम्झौता पुरा नगरेर क्रान्ति पुरा नर्ग आएको भए पनि पछि बिलाएको र आफुहरुले राजनीतिकारणले प्रचण्डसँग समबन्ध बिच्छेद गरेको उनले बताएका छन् ।
अहिले चुनावमा जानु भनेको संसदीय व्यवस्था भित्र प्रवेश गर्नु भएकोले यसले प्रभाव पार्न र क्रान्तिको विषय उठाउँने नैतिक अघिकार नहुने उनले, बताए ।
आफुहरुसँग भन्दा कम नेताहरु विप्लवसँग भएको केही साथीहरु बिचमा परेको र विप्लवको कार्यदिशा दक्षीणपन्थी र संसदीय प्रणालीमा जाने भएपछि आफुहरुले योजनावद्ध तरिकाले पार्टी अलग गरेको बताएका छन् ।
विप्लवले छलफल र बहशको ढोका बन्द गरेको र विचारको बहुमत आफुहरुसँग भएकोले आफुहरुको पार्टी नेपाल कम्युनिष्ट बहुमत भएको र दुई वटा भएकोले आफुहरुे बहुमत पार्टी चिन्नको लागि बनाएको उनले बताए ।
आफुहरुको पार्टी बहुमत भएको र विप्लवको पार्टी अल्पमत भएको बहुमत पाटीले नेपालको जनवादीसत्ता परिर्वतन गर्न नेपाललाई एउटा समृद्ध राष्ट बनाउँने गरी यो पार्टी स्थापीत भएको, उनले बताए ।
फेसबुक प्रतिक्रियाहरु