सोमवार, भदौ ८, २०८२
  • होमपेज
  • समाचार
  • पृथ्वीसुब्बाविरुद्ध एमाले कार्यकर्ताको नाराबाजी, अन्तर्घात गरेको आरोप
समाचार

पृथ्वीसुब्बाविरुद्ध एमाले कार्यकर्ताको नाराबाजी, अन्तर्घात गरेको आरोप

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई एमालेकै कार्यकर्ताले अन्तर्घातीको आरोप लगाएका छन्।

पोखरामा बुधबार उपमेयर मञ्जुदेवी गुरुङसहितको विजयी सभामा बोल्दै गर्दा उनीविरुद्ध नाराबाजी भएको हो।

विज्ञापन

पोखरा महानगर कमिटीले स्थानीय तह निर्वाचनमा विजयी भएका उपप्रमुख, ३३ मध्ये ९ वडाध्यक्ष र सदस्यहरुलाई बधाई दिन राखिएको कार्यक्रममा एमाले संसदीय दलका नेतासमेत रहेका गुरुङले जब बोल्न थाले, नाराबाजी सुरु भयो।

विज्ञापन

उनीहरुले ‘अन्तर्घाती होसियार’, ‘अन्तर्घाती मुर्दावाद’, ‘अडियो भिडिओ काण्ड सार्वजनिक गर’ भन्ने नारा लगाए।

पछि उत्तेजित र आक्रोशित कार्यकर्तालाई एमाले पोखरा अध्यक्ष दिलिप न्यौपानेले थामथुम गर्ने प्रयास गरे। सम्बोधन सकेर गुरुङ कार्यक्रमस्थलबाट बाहिरिए।

त्यसैगरि संगठन विभाग प्रमुख खगराज अधिकारी पनि सम्बोधन सक्नासाथ बाहिरिए।

सभामा पृथ्वीसुब्बाले पोखरामा समाजवादीले जित्दा आफूलाई दुःख लागेको बताएका थिए। पोखराको मेयरमा एमालेका कृष्ण थापाको हारमा पृथ्वीसुब्बाको हात रहेको आरोप लगाइएको छ।

यसअघि उनलाई टिकट नै नदिन र त्यसपछि हराउन लागेको भन्दै संगठन विभाग प्रमुख खगराज अधिकारीको समूह उनीविरुद्ध देखिएको छ।

गुरुङले भने आफूमाथि षड्यन्त्र भएको जिकिर गर्दै आएका छन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस