सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरमा मतगणनाका लागि ९ बजे सर्वदलीय बैठक बस्दै, १२ बजेदेखि मतगणना हुने
समाचार

भरतपुरमा मतगणनाका लागि ९ बजे सर्वदलीय बैठक बस्दै, १२ बजेदेखि मतगणना हुने

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका लागि शुक्रबार राति ९ बजे सर्वदलीय बैठक बस्ने भएको छ । सबै मत पेटी संकलन गरेर मात्रै सर्वदलीय बैठक बस्ने भएको हो ।

सर्वदलीय बैठक सकिएपछि राति १२ बजेदेखि मात्रै मतगणना हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भरतपुरको मेयरमा मुख्यतः गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

विज्ञापन

 

विज्ञापन

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा मतगणना हुनेछ । मतगणनाका लागि तारजाली लगाइएको छ भने सीसीटीभी पनि जडान गरिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस