चितवन ।
भरतपुर महानगरपालिका वडा नम्बर १३ को गंगानगरमा बिहिबार राती भएको घट्ना र सामाजिक संजालमा भाइरल भिडियोबारे नेपाली काँग्रेस चितवन र नेकपा माओबादी केन्द्र चितवनले स्पष्टीकरण दिएका छन । शुक्रबार संयुक्त बिज्ञप्ती जारी गर्दै काँग्रेस जिल्ला सभापति राजेश्वर खनाल र माओबादी जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले स्पष्टीकरण दिएका हुन ।
अध्यक्षद्वयले सामाजिक संजालमा देखाइएको भिडियो र प्रहरीको अनुसन्धानबाट आएको रिपोर्ट १ प्रतिशत पनि नमिलेको जनाएका छन । गंगानगर जानकी टोल नजिक करिब २ सय जनाको समूहमा मदिराले मात्तिएर बसेको एमाले कार्यकर्ताको समूहले आफुहरुमाथी आक्रमणको प्रयास गरेको उनिहरुको भनाई छ ।
विज्ञापन
सो क्रममा एमालेका वडा स्तरीय उमेदवारसहितको समूहले माओबादी नेतृ निशा न्यौपानेमाथि अभद्र व्यवहार र निकृष्ट गाली गलौज गरिएकोप्रति दुई पार्टीका प्रमुखले निन्दा एवं भत्र्सना गरेका छन ।
विज्ञापन
एमालेको व्यवहारले उनिहरु निरंकुशताबादतर्फ उन्मुख रहेको प्रमाणि भएको अध्यक्षद्वयको निश्कर्ष छ ।
अध्यक्षद्वयको संयुक्त बिज्ञप्ती
फेसबुक प्रतिक्रियाहरु