काठमाडौं । धनुषाको मिथिला नगरपालिका-८ जमुनिवासस्थित जनता राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत आफैं मतपत्रमा छाप हानिरहेको अवस्थामा प’क्राउ परेका छन्।
मतदान अधिकृत किरण सिंह आफैंले मतपत्रमा छाप हानिरहेको अवस्थामा रंगेहात प’क्राउ परेका हुन्।
विज्ञापन
दुईवटा मत छापिरहेको अवस्थामा पोल एजेन्टहरूले देखेपछि केही बेर मतदान स्थगित भएको थियो।
विज्ञापन
उनले अब यस्तो नगर्ने प्रतिबद्धता गरेर माफी मागेपछि मतदान सुरु भएको छ।
५ मिनेट भित्रमै उनले २ वटा मतपत्रमा रुख छापमा मोहोर लगाएको स्थानीय पोल एजेन्टले बताएका छन्।
मतदान अधिकृत सिंह स्थानीयबासिन्दा हुन्। उनको घरपरिवार कांग्रेस पार्टी समर्थक छन्।
फेसबुक प्रतिक्रियाहरु