काठमाडौं । अभिनेत्री रेखा थापाले चुनाव जितिसकेपछि जनतासामु नाकमुख नै नदेखाउने नेताहरुको प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएकी छन् ।
चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसको केन्द्रबाट मतदान गरेपछि अनलाइखबर कुरा गर्दै उनले यसपटकको चुनावमा नागरिकले आफ्नो विवेकलाई सही ढंगले प्रयोग गर्नेमा विश्वस्त रहेको बताइन् ।
विज्ञापन
विज्ञापन
राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी रेखाले भनिन्, ‘यसपटक जनप्रतिनिधि छान्ने कार्यमा हरेकले बुझेर मतदान गर्नुहुन्छ भन्ने लागेको छ । सही जनप्रतिनिधि छान्ने र उनीहरुले सही काम गर्ने हो भने देशको मुहार फेरिन्छ ।’
उनले जनतालाई मालिक भन्ने गरिएको भए पनि यो व्यवहारमा भने लागू नभएको बताइन् । ‘जनतालाई चुनावका दिन मात्रै मालिक बनाइन्छ, अरु बेला खै ?’ उनले प्रश्न गरिन् ।
रेखाले नेताहरुको चरित्र सुधार्न जनताले मतपेटिका नै खाली गरिदिन पनि पछि हट्न नहुने बताइन् ।
फेसबुक प्रतिक्रियाहरु