चितवन । बैशाख ३० गते स्थानीय निर्वाचनको मिति तोकिएको छ । निर्वाचन नजिकिदैं जादाँ कस्ता उमेदवार छन् र कसले जित्ने सम्भवना बढी छ भन्ने लेखा जोखा पनि सुरु हुन थालेको छ। त्यस मध्येका बलिया दाबेदार रत्ननगर नगरपालिका वडा नम्बर १ का वडा सदस्यका उमेदवार चोक बहादुर गुरुङ हुन्। उनको समाजमा सामाजिक कार्यमा कृयाशिलताका कारण धेरै संग परिचित छन्। उनी नेकपा (माओवादी केन्द्र) बाट उम्मेद्वार बनेका हुन्। उनको सानैदेखि सामाजिक कार्यमा रुचि रहेको बताउने गुरुङ आफ्नो वडालाई रत्ननगरकै उत्कृष्ट वडा बनाउन लागि पर्ने र जस्को लागि वडाका सबै विचार भएका अग्रजसंग परामर्श गरेर अघि बढ्ने उनको भनाई छ। वडामा रहेका युवाहरुलाई उत्पादन र खेल्कुदसँग जोडदै सभ्य एंव सम्मुनत समाज निर्माण र विकासमा युवालाइ मेरुदण्डको रुपमा सहभागितात्मका उपस्थिति गराउने साथै महिला सशक्तिकरणमा जोड दिने प्रतिबद्धता गरे। समाजको कुनै पनि समस्या, अपतविपतको समयमा सहयोगको लागि अगाडि बढ्दै गुरुङको सक्रिय हुने प्रतिवद्धता व्यक्त गरेका छन्। वडाका साथै रत्ननगर लगाएतका साविक नगरहरुका खेलकुद प्रेमिहरुको लागि खेलकुद ग्रामको स्थापनको लागि आफ्नो मुख्य योजना रहेको गुरुङले बताए ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु