चितवन।
सत्ता गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदका उमेदावर रेनु दाहालले गएको पाँच वर्षमा भरतपुरमा आफूहरूले विकासको ‘कास्टिङ’ गरेको भन्दै पुनः जितेर पाँच वर्षभित्र पूर्ण ‘फिल्म’ देखाउने जिकिर गरेकी छन् । बिहीबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नगरवासी र प्रतिपक्षहरूको अगाडि टाउको झुकाउनुपर्ने अवस्था नभएको दाबी गरिन् । “हामीले पाँच वर्षभित्र कामको कास्टिङ देखायौँ । धेरै आयोजनाको काम अघि बढाएर कास्टिङ देखाइसक्यौँ । हामीलाई जिताउनुहोस्, पाँच वर्षभित्र आयोजना पूरा गरेर समग्र फिल्म देखाउँछौँ,” उनले भनिन् ।
विज्ञापन
विज्ञापन
उनले रोजगार बैंकको स्थापना गर्नेदेखि विदेशी लगानी भित्र्याउने र आर्थिक विकास केन्द्रको हब बनाउने प्रतिबद्धता व्यक्त गरिन् । “पाँच वर्षमा ६२२ किलोमिटर सडक विस्तार गरेका छौँ । शुद्ध खानेपानीको व्यवस्थापनका लागि चार अर्बका खानेपानी योजना अघि बढाएका छौँ । अन्तर्राष्ट्रियस्तरको सभागृह निर्माणको काम जारी छ । चार अर्ब ७२ करोड लगाएर नारायणीको तटबन्धन निर्माण भएको छ,” कामको फेहरिस्त सुनाउँदै उनले भनिन् ।
फेसबुक प्रतिक्रियाहरु