काठमाडौं । आगामी बैशाख ३० गतेको स्थानिय तहको निर्वाचन हुदै छ । विभिन्न राजनीतिक दलहरुले आ–आफ्नो उम्मेदवारहरुलाई जिताउन प्रचार–प्रसारका लागि देशव्यापी चुनावी अभियान चलाउँदै आएका छन् ।
पछिल्लो समय चुनाव प्रचार–प्रसारको लागि सामाजिक संञ्जाल फेसबुक अत्याधिक मात्रमा प्रयोग हुने गरेको छ । त्यसैगरी माओवादी केन्द्रले पनि सामाजिक संञ्जाल फेसबुकमा एउटा भिडियो सार्वजनिक गरेको छ । जसमा माओवादी केन्द्रलाई भोट किन भन्ने १० वटा कारण प्रस्तुत गरेको छ ।
विज्ञापन
नेकपा माओवादी केन्द्रलाई भोट किन ? १० वटा कारणहरु
विज्ञापन
१) संघियतालाई अझै सुदृढ पार्न यसको मर्मलाई वास्तविकतामा कार्यान्वयन गर्न ।
२) युवाहरुको सीप र क्षमतालाई अनुदानमा आधारित उत्पादनमा जोड्दै कृषि औद्यौगिकरण गर्न ।
३) जातिय लैगिक क्षेत्रीय विभेद अन्तका लागि संविधानलाई व्यवहारमा लागु गर्न ।
४) सीप, श्रम, बुद्धि र पसिनाः अब खाडी र मध्यपूर्वमा हैन, स्वदेशमै पोख्न ।
५) स्थानीय तहमा भ्रष्टाचारको पूर्ण अन्तय गर्न ।
६) वडामा गुणस्तरीय अस्पताल अशक्तलाई घरदैलोमा स्वास्थ्य सेवा प्रदान गर्न ।
७) किसान पहिचान वर्गीकरण गरी उत्पादन बढाउन र बजारीकरणको जिम्मा राज्यले लिन ।
८) प्रत्यक स्थानिय तहमा भू–उपयोग योजना मार्फत कृषियोग्य जग्गालाई गैर कृषिमा जान नदिन ।
९) चुरेको जिम्मा चुरेवासीलालई, आरक्षको जिम्मा स्थानीय समुदायलाई ‘ग्यारेन्टी’गर्न ।
१०) मधेसी जनताको आत्मासमान पहिचान र राज्य सत्ताका सबै तहमा सम्मानजनक नेतृत्व र पहुँचका लागि ।
फेसबुक प्रतिक्रियाहरु