धनकुटा । कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले केपी ओलीले मदन भण्डारीका सन्तानले दुःख पाउँछन् कि भनेर हेर्नका लागि चार अर्ब खर्च गरेर टावर बनाएको आरोप लगाएका छन्। धनकुटामा आयोजित कार्यक्रममा उनले त्यस्तो आरोप लगाएका हुन्।
‘टावरका कुरा आएका छन् । मैले त सुनेको थिएँ । मदन भण्डारी सपनामा आएर भन्नुभयो रे– मेरा सन्तानहरू अलिक अफ्ठ्यारोमा परे भने तपाईले राम्रोसँग हेरिदिनु है ओलीजी भन्नुभएको थियो रे,’ खतिवडाले भने, ‘मदन भण्डारीजी आज हुनुहुन्न । सायद झापामा ४ अर्बको टावर बनाएको त्यो टावरबाट मदन भण्डारीका सन्तान हेर्नको लागि टावर बनाएको होला।’
विज्ञापन
कम्युनिस्टले कांग्रेसले गरेको विकासलाई मैले गरेको हुँ भनेर रिबन काटेर उद्घाटन गर्ने गरेको पनि उनले बताए । ‘धनकुटामा सूर्यबहादुर थापाले बनाएको सडकलाई हामीले बनाएको हो भनेर कम्युनिस्टले कैँची र रिबन बोकेर उद्घाटन गर्न बेर लगाउँदैनन्’, उनले भने ।
विज्ञापन
उनले एमालेलाई बिचौलिया र झुठको पार्टी रहेको बताएका छन् । ‘एमाले पार्टी बिचौलियाका रुपमा परिचालन भएको छ’, उनले भने, ‘कांग्रेस आउँदा कांग्रेससँग ठीक, माओवादी आउँदा माओवादीसँग ठीक,’ उनले भने, ‘कुनै पनि परिवर्तन र आन्दोलनको नेतृत्वको एमाले भन्ने पार्टीले कहिल्यै गरेन ।
सबैभन्दा धेरै अवसर कुनै पार्टीले लिएको छ भने त्यही पार्टीले लिएको छ।’ ओलीले तत्कालीन समयमा देउवा सरकारले दीर्घरोगी, मिर्गौला, क्यान्सरपीडितलाई ५ हजार दिने भनेर गरेको निर्णयलाई काटेको बताउँदै उनले देउवाफेरि प्रधानमन्त्री हुनेवित्तिकै ५ हजार दीर्घरोगीका बिरामीलाई दिने निर्णय गरेको बताए ।
ओलीले देउवालाई भनेको कुरा स्मरण गर्दै खतिवडाले भने, ‘ओलीले शेरबहादुर देउवाजी ६०–७० वर्ष पुगेपछि एमालेको वृद्धभत्ता लिन तपाई आउनु हुन्छ होला नि भनेर केपी ओलीजीले भन्नुभयो । ओलीले गोजीबाट दिए जस्तो ।
हामीले त्यस्तो नभनेर ओलीलाई किड्नीपीडित पूर्वप्रधानमन्त्री भएकोले तपाईलाई दिने ५ हजार रुपियाँ शेरबहादुर देउवाले घर–घरमा पुर्याइदिन्छन् । केपी ओलीकामा पनि घरमा पुर्याइदिन्छौँ भन्ने थियो । लिन आउनुपर्दैन ओलीजी तपाईलाई घरमा ५ हजार पठाइदिन्छौँ ।’
फेसबुक प्रतिक्रियाहरु