काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई सूर्य चिह्नबाट चुनाव लड्न आग्रह गरेका छन् ।
मंगलबार महालक्ष्मी नगरपालिका, ललितपुरले आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
विज्ञापन
‘तपाईहरूका कार्यकर्ताहरूले जित्ने ठाउँमा उठाउनुस्,’ ओलीले भनेका छन्, ‘पार्टी तपाईंकै रहन्छ, कार्यकर्ता तपाईंकै रहन्छन्, तर सूर्य चिह्नबाट चुनाव लड्नुस् आरामसँग । जित्ने तरिका त यो हो नि त आउनुस् ।’
विज्ञापन
विप्लवलाई नेताहरूले इमान्दार नेताका रूपमा चिन्ने गरेकोसमेत ओलीले बताए । ‘त्यो छवि नबिगार्नुस्, आउनुस्,’ ओलीले भने, ‘प्रचण्डसँग साँटगाँठ गरेर चुनाव बिथोल्ने चर्चा चल्न थालेको छ । किन यसो गर्नुहुन्छ आउनुस् ।’
उनले विप्लवलाई ५ दलीय गठबन्धनको सिकार बनेर नबस्नसमेत सुझाए । विप्लवले भने यसपटकको स्थानीय निर्वाचनमा होमिने प्रस्ताव अघि सारेका थिए । तर, बहुमत नेताहरूले अस्वीकार गरेपछि उनले त्यो अघि बढ्न सकेन ।
यसअघि निर्वाचन आयोग पुगेका पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले भने चुनावमा जाने बताएका थिए ।
प्रकाण्डले आयोगलाई चुनाव सार्न आग्रह गरेको समाचार बाहिरिएको थियो ।
फेसबुक प्रतिक्रियाहरु