काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवार सिफारिसको मापदण्ड तय गरेको छ ।
सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको माओवादीले पहिलेका प्रतिनिधिलाई सकभर नदोहोर्याउने भएको छ।
विज्ञापन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार जारी गरेको सर्कुलरमा ‘विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्याउने उल्लेख छ।
विज्ञापन
यस्ता छन् मापदण्डः
१. विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्याउने
२. देश जनता पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने
३. स्वच्छ छवि भएको हुनुपर्ने
४. विजयको सम्भावना भएको लोाकप्रिय व्यक्ति छनौटमा ध्यान दिने
५. पार्टी अनुशसानप्रति निष्ठावान हुनुपर्ने
६. समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने
फेसबुक प्रतिक्रियाहरु