काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्र निर्माण र विकासका लागि नभई एमालेलाई हराउनकै लागि गठबन्धन गरिएको बताएका छन् ।
शुक्रबार बुटवलमा आयोजित एक सभालाई सम्बोधन गर्दै ज्ञवालीले अहिलेको स्थानीय तहको निर्वाचनलाई सामान्य ढङ्गले लिन नहुने बताए । उनले एमालेले राष्ट्रको हित,विकास, नेपाली जनताको सम्बृद्धिका लागि अगुवाई गरेको जिकिर गरे ।
विज्ञापन
विज्ञापन
अहिलेको निर्वाचन देश बनाउने र देशलाई खाडलतिर हाल्ने शक्तिबीचको लडाइँ भएको उनको तर्क छ ।
ज्ञवालीले परमादेशले बनाएको गठबन्धन सरकारले निर्वाचन गर्न नै नचाहेको जिकिर गर्दै बाध्य भएर निर्वाचनको मिति तोकेको बताए । उनले देशको समृद्धि, विकास, नेपाली जनताको हकहित, नेपाली युवाहरूलाई रोजगारी गराउने काम एमालेले मात्रै गर्ने भन्दै सभ्य र समतामूलक समाज निर्माण गर्न एमालेले मत मागिरहेको बताए ।
कार्यक्रममा एमालेका सचिव गोकर्ण विष्ट देशमा परिवर्तन ल्याउन युवाहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।
फेसबुक प्रतिक्रियाहरु